अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

गायक तथा सङ्गीतकार भुवन सुप्तिहाङ राईको गीत सार्वजनिक

बिआरटीनेपाल २०७७ साउन ४ गते १२:४७ मा प्रकाशित

काठमाडौँ– देश कोरोना महामारीको सङ्कटबाट गुज्रिरहेका बेला चर्चित गायक तथा सङ्गीतकार भुवन सुप्तिहाङ राईले सङ्गीतबद्ध राष्ट्रिय भावना जागृत गीत सार्वजनिक गरेका छन् । उनले देश दुखिरहेका बेला भुवनले पूर्व मेचीदेखि पश्चिम कालीसम्म हिमाल, पहाड र तराईलाई एकताको सूत्रमा बाँध्न ‘मेचीदेखि कालीसम्म’ बोलको गीत ल्याएको जनाएका छन् ।

युट्युबबाट सार्वजनिक गरिएको यो गीतमा रामकुमार तामाङको शब्द, चर्चित गायिका अन्जु पन्त र सञ्जीव धिमालको स्वर रहेको छ । सङ्गीत र गायनलाई एकसाथ अँगाल्दै आएका भुवनले पछिल्लो केही वर्षयता समय सान्दर्भिक गीत सिर्जनामा गर्दै आएका छन् ।

केही समयअघि भुवनले पर्यटनसम्बन्धी गीत सार्वजनिक गरेका थिए । नेपाल सरकारले सन् २०२० लाई ‘पर्यटन वर्ष’ घोषणा गरेको अवस्थामा त्यसलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त गीत सार्वजनिक थियो । तर, विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका कारण तत्काललाई पर्यटन वर्ष स्थगन भएको छ ।

कोरोनाका कारण देश र जनता आक्रान्त भएको वर्तमान अवस्थामा ‘मेचीदेखि कालीसम्म’ बोलको यो राष्ट्रिय गीतले नेपालीलाई एकताबद्ध भएर अगाडि बढ्ने उत्प्रेरणा दिने विश्वास भुवनको छ ।

केही वर्षयता अमेरिकामा रहँदै आएका गायक तथा सङ्गीतकार भुवनले भने, ‘देशबाहिर भएपछि अझै धेरै देश र माटोको माया लाग्दो रहेछ ।’ उनी अमेरिका आएपछि राष्ट्रिय भावनाका गीतहरू धमाधम आइरहेका छन् ।

प्रतिक्रिया