अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

बिटल्सको गीत जुडको हस्तलिखित कपी सात लाख ३१ हजार पाउण्डमा बिक्री

बिआरटीनेपाल २०७६ चैत २९ गते २२:०१ मा प्रकाशित

बिटल्सका लागि पल म्याकार्टनीले लेखेको गीत ‘हे जुड’ को हस्तलिखित कपी सात लाख ३१ हजार पाउण्डमा बिक्री भएको छ । पलले गीत लेखेको पाना लिलामीमा पहिचान नखुलाइएका एक क्रेताले किनेका छन् । यसको प्रारम्भीक मूल्य एक लाख २८ हजार पाउण्ड राखिएको थियो । सर पलले सन् १९६८ मा लेखेको गीत अति चर्चित भएको थियो ।

उनले जिलियन लेननलाई फकाउन लेखेको गीत थियो यो । माता पिता जोन र सिन्थियाको सम्बन्ध विच्छेदबाट विक्षिप्त भएका जुलियन लेनलाई फकाउन पलले यो गीत लेखेका थिए ।

द बिटल्स ब्याण्ड विभाजित भएको ५० औँ वर्षगाँठको पारेर गरिएको लिलामीमा २५० भन्दा बढी बस्तु राखिएको थियो । त्यसमा हे जुड गीत लेखिएको पाना पनि थियो ।

प्रतिक्रिया