अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

यो जिन्दगी मेरो आफ्नै हो आफ्नै स्वभावमा बाँच्छु

बिआरटीनेपाल २०७६ चैत २ गते ११:४८ मा प्रकाशित

हुन त आफ्नै स्वभावमा बाँच्न चाहँदा चाहँदै पनि सामाजिक बन्धन बिनाको बचाई त कहाँ सम्भव छ र ? तर पनि बाँच्ने प्रयास निरन्तर जारी राख्ने प्रयास नै बाच्ने आधार भने हो ।

खेलाडी, पत्रकार पछि गीतकारका रूपमा देखिनु भएकी रमा सिंहको यो गीत सबैको जीवनसँग मेल खान्छ ।
“कोही दिलमा गढेका छन् शत्रु बनी
कोही दिलमा बसेका छन् मित्र बनी
सम्झना दुवै छन् दुवैसँग बाँच्छु”
भन्नु नै जीवनमा आई परेका परिस्थितिलाई स्विकार्छु तर पनि आफ्नै व्यवहारमा बाँच्ने साहस जुटाएको देखिन्छ । गीत मिडियामा रिलिज भएको हिसाबले यो उहाँको तेस्रो गीत हो ।

उहाँको पहिलो “अरू केही माग्दिन म, ह्रदयमा थुनिदिए” बोलको गीत राम थापाको सङ्गीत र जयन्ती माला खनालको स्वरमा २०४३ सालमा रेडियो नेपालबाट रिलिज भएको थियो । नयाँ गीतमा मिठो स्वरका धनी प्रदीप कार्कीको स्वर छ र उहाँकै युट्युब च्यानलबाट यो गीत दर्शका लागि समर्पण गरिएको छ । सङ्गीतकार कर्मा ग्याल्चेन बम्जनको सङ्गीत कर्णप्रिय सुनिन्छ। गायक प्रदीप कार्कीको यसअघि “बाटो छेकेर” र “मेरा लागि तिमी भन्दा” बोलको गीत युवा पुस्तामा निकै चर्चित बनेको छ ।

गीत सुन्न तलको लिङ्कमा जानु होला ।

प्रतिक्रिया