अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

जिन्दगी

राम लामा अविनाशी २०७६ पुष १६ गते १६:३२ मा प्रकाशित

जिन्दगीका कतिपय पाना लतपतिन्छन्
आफ्नै लागि पनि दुर्गन्धित हुन्छन्
कतिपय पाना
रङ्गिन बन्छन्

मनमोहक हुन्छन्
आफ्नै लागि पनि सुगन्धित हुन्छन्
सुन्दर र सफा भविष्यमा
हरेक दिन

राम्रा नराम्रा
तिता मिठा
पैतालाका डोबहरू थपिँदै
विगत बन्दै जान्छन्

जिन्दगी
अभावमा जुर्मुराउंछ
सम्पन्नताको आडम्बरले पोखिन्छ
लामो अनि चौडा भूगोलमा

जोस्सिदै जन्मेको सरिर
अन्ततः;
साँगुरो गोरेटो हुँदै
सानो एक टुक्रा धर्तीको चितामा पुग्छ ।