अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

गायक राजेश पायल राइको स्वरमा साकेला गीत ”पूर्वमा घाम लाग्यो”

बिआरटीनेपाल २०७६ पुष १६ गते १२:०३ मा प्रकाशित

काठमान्डौं । राई इज किङको उपाधि पाएका चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ साकेला गीत ”पूर्वमा घाम लाग्यो” को भिडियो सार्वजनिक भएको छ ।

मौलिक लोक लयमा आधारित गीतमा नेपाली समाजको कला संस्कृतिलाई निकै रोचक रूपमा समेटिएको छ । पूर्वको भोजपुर , उदयपुर , धनकुटा लगायतका क्षेत्रमा बसोबास गर्ने मङ्गोल जातिहरूको महान् पर्व साकेलाको महत्त्व र गरिमालाई गीतमा समेटिएको गीतकार दीप किराँतीले बताए ।

गीतमा पछिल्लो समयमा कोरियामा रहेर पनि नेपाली मौलिक गीत सङ्गीतमा सङ्गीत भर्नुभएका सङ्गीतकार डी आर अटुको सङ्गीत संयोजन र राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।


”पूर्वमा घाम लाग्यो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रतिक्रिया