अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

सुन्ने र सुनाउने २१ भाग सम्पन्न

बिआरटीनेपाल २०७६ पुष ७ गते ६:१४ मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानले आफ्नो २१ औँ भाग सम्पन्न गरेको छ । नियमित साहित्यिक कार्यक्रम साहित नजिकै आइरहेको क्रिसमसलाई समेत लक्ष गरी मनोरञ्जनात्मक गतिविधि समावेश गरी आकर्षक ढङ्गमा कार्यक्रमलाई सञ्चालन गरिएको थियो ।

दुई चरणमा विभाजित उक्त कार्यक्रमको पहिलो चरणमा रचना बाँचन र संगीतिक कार्यक्रम रहेको थियो । कवि तथा गजलकार केशव आचार्यलाई साक्षी राखेर प्रस्तुत गरिएको सो कार्यक्रमको उद्घोषण गायक तथा सङ्गीतकार वसन्त लम्सालले गर्नु भएको थियो । सिता सापकोटा, सरोज भुसाल, भुपेन्द्र महत, लाल चौलागाइ, सेनु तिवारी, धन पौड्याल, आचार्य प्रभा, केशव आचार्य, ज्ञानेन्द्र काफ्ले, रवि बास्तोला र वसन्त लम्साल सहभागी साहित्यिक कार्यक्रमको बिट कवि केशव आचार्यले मार्नु भएको थियो । साथै यस कार्यक्रमलाई सद्भाव र अपनत्व महसुस गरी साहित्यकार तथा कवयत्रि आचार्य प्रभाले केही थान गीति सङ्ग्रह “मायाको नाकाबन्दी “संस्थाको कोश अभिब्रिधीको लागि प्रदान गर्नु भएको थियो भने सोही कार्यक्रममा आफूले जितेको नगद पुरस्कार कवयत्री रिता ढकालले संस्थालाई प्रदान गर्नु भएको थियो ।

दोस्रो चरणमा विभिन्न रमाइला गतिविधिले कार्यक्रमलाई रोचक बनाएको थियो । किताबको पन्ना अनुमान, सामानको तौल अनुमान, सिक्काको अनुमान, समानको मूल्य अनुमान जस्ता गतिविधिमा बीजयतालाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो । साथै अन्य रोचक कृयाकलापमा समेत उपहार प्रदान गरिएको यस कार्यक्रम रोचक तवरले उपहार साटासाट गरी सम्पन्न गरिएको थियो । सधैँ झैँ यो पल्ट पनि बिआरटी नेपालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रमको दोस्रो भाग भुपेन्द्र महतले सञ्चालन गर्नु भएको थियो ।

मासिक रूपमा सञ्चालन हुँदै आएको सुन्ने र सुनाउने क्रमको निरन्तरतामा नौलोपनको आभास भएकोले सबै सहभागी प्रसन्न देखिएका थिए । फोटो: धन पौडेल

 

प्रतिक्रिया