अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

तेन्जिङ नोर्गे र एडमण्ड हिलारीको वृतचित्र देखाएर ‘किम्फ’को सुरुवात, ३ सय डकुमेन्ट्री एकै ठाउँमा

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ६:११ मा प्रकाशित

काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सत्रौ संस्करण बुधबारदेखि सुरु भएको छ। सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको चुचुरोमा पहिलो पटक चढेको इतिहासलाई डकुमेन्ट्री ‘द एसेन्ट अफ एभरेष्ट’ मार्फत प्रदर्शन गरेर किम्फको सुरुवात गरिएको छ । उक्त डकुमेन्ट्रीमा एन्टोनिलो पोडोभानोले एडमण्ड हिलारीको त्यो बेलाको भोगाइलाई समेटेर देखाईएको छ।

राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा मंसीर २९ गतेसम्म सञ्चालन हुने फिल्म फेस्टिबलको तीनजना निर्णायकहरु (ग्राबिइउल कुन, जे क्यू ली र अस्मिता रञ्जित ) तथा किम्फका निर्देशक वसन्त थापाले उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा महोत्सवका अध्यक्ष वसन्त थापाले हिमालयनमा बसोबास गर्ने सीमान्तकृतका आवाजहरुलाई बुलन्द गर्न किम्फको आयोजना गरिएको बताउनुभयो । उहाँले विश्वभर जलवायु परिवर्तनलाई रोक्नका लागि सीमान्तकृतहरुले महत्वपूर्ण योगदान गरेको र उनीहरुले हिमालको संरचनालाई जोगाइरहेको दाबी गर्नुभयो ।

फेस्टिबलमा नेपाललगायत ३१ वटा देशका ७० भन्दा बढी फिल्म देखाइने छ। यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्म देखाइने छ। महोत्सवमा अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्ममध्येबाट उत्कृष्ट तीन फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० वटा फिल्मबाट उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रको छनोट गरिने छ।अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः अमेरिकी डलर एक हजार ५००, एक हजार र ५०० बराबरको नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया