अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

रशुले जितिन् किड क्विन नेपाल–२०१९

बिआरटीनेपाल २०७६ मंसिर २२ गते ९:२६ मा प्रकाशित

काठमाडौँ– ‘किड क्विन नेपाल–२०१९’ को उपाधि रशु पन्तले जितेकी छिन् । नेप्लीज फेसन होमले आयोजना गरेको उक्त प्रतियोगिता राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो । २१ जना प्रतियोगीहरूले भाग लिएको उक्त प्रतियोगितामा रशुले नगद १० हजार रुपैयाँ राशिको उक्त उपाधि जितेकी हुन् । उपाधिसँगै उनले आकर्षक मुकुटका साथमा विभिन्न उपहारहरू समेत प्राप्त गरिन् ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न १७ औँ संस्करणको उक्त प्रतियोगितामा रोशिका लामाले फस्ट रनर्सअपको उपाधि जितिन् भने कृष्मा ढुंगनाले सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भइन् ।

समारोहमा सोसियल वेलफेयरको उपाधि सान्भी बानियाँले, मिस ट्यालेन्टको उपाधि सुप्रिया विष्टले, मिस फ्रेन्डसिपको उपाधि निशा विकले, मिस स्माईलको उपाधि स्नेहा रजकले, मिस पर्सनालिटीको उपाधि रीतिका थापाले, मिस क्याटवाकको उपाधि मनीषा राईले, मिस कल्चरको उपाधि प्रकृना प्रधानाङ्गले जित्न सफल भए ।

त्यस्तै पब्लिक च्वाईसको उपाधि सुप्रिया तामाङले जितिन् भने बेस्ट ड्रेसको उपाधि सरु खोटेजुले, मिस डिसिप्लेनको उपाधि प्राची किबनायोले, बेस्ट हेयरको उपाधि स्नेहा प्रजापतिले, मिस एलिगेन्टको उपाधि श्रीया जराजुले, बेस्ट स्किनको उपाधि आयुषा वाईवाले, तथा मिस चार्मिङको उपाधि निमिषा श्रेष्ठले जित्न सफल भए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका मेयर विधासुन्द शाक्यले प्रतियोगितामा सबैजसो नानीहरू प्रतिभावान् रहेका र यस्ता प्रतियोगिताले उनीहरूलाई धेरै कुरा सिकाएको बताए । अहिलेको बालबालिकालाई प्रतिभा प्रस्तुतिसम्बन्धी यस्ता कार्यक्रमले समाजमा अघि बढ्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न मद्दत पुर्‍याउने गरेको भनाई मेयर शाक्यले सो कार्यक्रममा राखे ।

नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बालिकाहरूको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि आफूहरूले हरेक वर्ष काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयका बालिका तथा किशोरीहरूबिच यो प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।

सञ्चार कर्मी रोजिन शाक्यद्वारा सञ्चालित उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको निर्णायकमा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई तथा डब्बु क्षेत्री, मार्शलआर्टका गुरु अशोक कुमार श्रेष्ठ, नेपाल एयरलाइन्स कर्पोरेसनका अच्युतराज पहाडी, गायिका लसता जोशी, मेकअप आर्टिस्ट मञ्ज कार्की पाण्डे तथा व्यवसायी रोशन सायमी थिए ।

प्रतिक्रिया