अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

गायिका लता मंगेशकर अस्पताल भर्ना

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:२७ मा प्रकाशित

चर्चित भारतीय गायिका लता मंगेशकरलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान २ बजे उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि मुम्बाईको ब्रिच क्यान्डी अस्पताल लगिएको हो ।

अवस्था केही जटिल भएपछि मंगेशकरलाई आईसियूमा राखेको भए पनि अहिले स्वास्थ्यमा सुधार देखिएको अस्पताल स्रोतले बताएको छ । भारतीय मिडियाका अनुसार उहाँमा छातीको इन्फेक्सन देखिएको छ । अहिलेकै गतिमा क्रमिक सुधार देखिए दुई/तीन दिनमा घर पठाउन सकिने अस्पताल स्रोतले बताएको छ ।

भेट्रान गायिका मंगेशकरले हिन्दी भाषामा मात्रै हजारौं बढी गीतमा आफनो स्वर दिइसक्नुभएको छ । उहाँलाई २००१ मा सर्वोच्च नागरिक सम्मान र भारत रत्नबाट पनि सम्मानित गरिसकेको छ । यो सँगै उहाँ अरु थुपै सम्मानबाट पनि सम्मानित हुनुभएको छ ।

प्रतिक्रिया