अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

गैर नेपालीको धारामा अझै पानी बग्न सकेको छैन

विनोद रोका २०७६ भदौ ३१ गते १४:०१ मा प्रकाशित

वर्तमान नेपालको संविधानले सार्क मुलुक भन्दा बाहिर बस्ने र सोही देशको नागरिकता लिएका तर वंशजको आधारमा नेपाली नागरिक हक पाएका गैर नेपाली नागरिकहरूलाई राजनैतिक बाहेकका आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकारहरू नेपाली नागरिकले पाए सरह प्रदान गर्न सकिने व्यवस्था गरेको छ। यो व्यवस्थाको अभिलेख राख्ने प्रकृयाको बारेमा कानुन बनाउने जिम्मेवारी पाएको सांसदले दशकौ लगायो। जुन केही व्यक्तिहरूको संकृण सोचको कारण हो। त्यसैले संविधानका सबै धाराहरूमा पानी आयो। तर यो धारामा अमmै पानी बग्न सकेको छैन ।

http://www.lawcommission.gov.np/en/archives/983

हाल संसद्को समितिले यो व्यवस्थालाई कार्यान्वयन गर्न पारित गरिएको भनिएको समाचार बाहिर आएको छ। यो समाचार अनुसार गैरनेपाली नागरिकता पाउनका लागि वंशजको आधारमा प्राप्त नागरिकता १ वर्ष भित्र परित्याग गर्नुपर्ने भन्ने सर्त राखिएको देखिन्छ।जुन संविधानसम्मत देखिँदैन। किनकि वंशजको नाताले पाएको नेपाली नागरिक हक अङ्गीकृत नागरिकले पाए जसरी त्याग्नु पर्दैन। विदेशको नागरिकता त्याग्ने नेपाली नागरिकले स्वतः आफ्नो वंशजको आधारमा पाएको नागरिक हक प्राप्त गर्दछ। र संविधानको शाब्दिक अर्थ पनि यही हो। जसरी अहिले रवि लामिछानेजीले अमेरिकाको नागरिकता नेपाल स्थित अमेरिकी राजदूतावास समक्ष उपस्थित भई त्यागेपछि स्वतः नेपालको नागरिकता लिन सक्नु भयो।

https://travel.state.gov/content/travel/en/legal/travel-legal-considerations/us-citizenship/Renunciation-US-Nationality-Abroad.html

गैर नेपाली नेपाली नागरिकले संविधान बमोजिम पाउन नसक्ने भनेको राजनैतिक अधिकारसम्म हो । त्यो अधिकार मतदाता परिचयपत्र नदिएमा उपभोग गर्न सकिँदैन । त्यस्तै राजनैतिक नियुक्तिको लागि यस्ता गैर नेपाली नागरिक सिफारिस हुने सम्भावना नै रहँदैन। तसर्थ सार्क मुलुक भन्दा बाहिर बस्ने वंशजको आधारमा नेपाली नागरिक हक पाउने गैर नेपालीहरूले पाई रहेको नागरिकता १ वर्ष भित्र त्याग्नुपर्ने व्यवस्था संविधान सम्मत देखिँदैन ।

**लेखक न्युर्योकका एर्टनी एट ल हुनुहुन्छ ।