अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

सञ्चारकर्मी सूर्य चन्दद्वारा निर्देशित ‘जुनेली उज्यालो’मा सार्वजनिक(भिडियो सहित)

बिआरटीनेपाल २०७६ भदौ १७ गते १३:३८ मा प्रकाशित

काठमाडौँ: वरिष्ठ तथा कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनेली उज्यालोमा’ सार्वजनिक भएको छ । सञ्चारकर्मी कलाकार तथा म्युजिक भिडियो निर्देशन सूर्य चन्द द्वारा निर्देशित र गायक दीपक लिम्बु र शशी रावलको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सञ्चारकर्मी सूर्य चन्दले निर्देशन गरेको भिडियोमा राम बाबु र अपेक्षा खड्काको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । एलिसा कार्कीको कोरियोग्राफी रहेको गीतमा आफ्नो जोबनलाई फुलसँग तुलना गर्दै जुनको उज्यालोमा लिएर आएको कुरा गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । भिडियोलाई अखिल बास्कोटाले छायाङ्कन गरेका हुन् ।

गीत लेखेरै विभिन्न विधामा ६ वटा विश्व रेकर्ड कायम गरेका उपाध्यायले वर्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, वर्ड बुक्स अफ लन्डनलगायत विभिन्न देशबाट वर्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।

७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर उपाध्यायले मिरा कल वर्ड रेकर्ड, इन्डिया स्टार वर्ड रेकर्ड, एक्सकुलुसिभ वर्ड रेकर्ड, जीनस वर्ड रेकर्ड र एभरेस्ट वर्ड रेकर्डको प्रमाण पत्र प्राप्त समेत प्राप्त गरिसकेका छन् । उनले नेपाली गीतसङ्गीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेको हो ।

‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक्’ जस्ता गीति एल्बम श्रोता/दर्शकमाझ ल्याएका डा. डीआर उपाध्यायले गीत लेखनबाट विभिन्न रेकर्ड राख्न सफल भएका हुन् ।

‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायः जसो सबै अवार्डमा अवार्ड चुम्न सफल भएका छन् ।

उपाध्यायले उपन्यास लेखनमा पनि त्यतिकै सशक्त रूपमा कलम चलाउँदै आएका छन् । डा. डीआरका ‘अतिरिक्त’, ‘भाग्य चक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्र घात’, ‘अपवित्र छाया’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् भने नयाँ उपन्यास ‘सपनाकी रानी’ पाठकमाझ आउँदै छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया