अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

वीरेन्द्रका परिवारद्वारा वेस्टमिनिस्टर प्रहरी विरुद्ध मुद्दा

बिआरटीनेपाल २०७६ भदौ ८ गते ११:४० मा प्रकाशित

कोलोराडो । गोली प्रहारबाट मृत्यु भएका वीरेन्द्र ठकुरीका परिवारले प्रहरी र सिटी अफ वेस्टमिनिस्टर विरुद्ध फेडेरल सिभिल राइटसम्बन्धी मुद्दा दायर गरेका छन् ।

मुद्दा मृतक वीरेन्द्रकी आमा सानु ठकुरीले शुक्रवार डिस्ट्रिक्ट कोर्टमा दायर गरेकी हुन् । मृतक परिवारको पक्षमा जोन सन एन्ड क्लिननामक ल फर्म सम्बद्ध गेल जनसनले वकालत गर्दै छन् ।

वीरेन्द्र २५ अगस्ट २०१८ मा अफिसर स्टेभेन बेयरले प्रहार गरेको गोलीबाट मृत्यु भएको थियो । आडम्स काउन्टीले गरेको अनुसन्धान अनुसार वीरेन्द्रले ३ पटक हमला गरेपछि बेयरले गोली चलाएका थिए । उक्त अनुसन्धानले बेयरलाई गोली प्रहार गरी आपराधिक काम गरेको भन्ने अभियोगबाट उन्मुक्ति दिएको थियो ।

शुक्रवार दायर मुद्धामा अमेरिकी संविधान प्रतिकूल बेयरले अत्यधिक शक्ति प्रयोग गरेको र त्यो काम डिसेविलिटिज एक्ट प्रतिकूल समेत रहेको दाबी गरिएको छ । मुद्धामा वीरेन्द्र मार्च सन् २०१८ मा बाइपोलर डिसअर्डर रोगबाट ग्रसित भएको पत्ता लागेको र उनी गम्भीर मानसिक रोगको समस्याबाट गुज्रिरहेको दाबी गरिएको छ ।

साथै, आफ्नै दाइसँग मुक्का खेली रहेको ९११ मा आएको फोन उजुरीका आधारमा घटनास्थल पुगेका अफिसर बेयरले घटना सम्हाल्न नखोजेको दाबी गरिएको छ । अफिसर बेयर घटनास्थल पुग्दा वीरेन्द्र ठकुरी ‘अस्वाभाविक व्यवहार देखाइरहेका थिए, असामान्य रूपमा चिच्याइरहेका थिए, आफ्नै टाउकोमा थप्पड हानिरहेका थिए, पाखुरा रगडिरहेका थिए’ जसको अर्थ उनी गम्भीर मानसिक रोगको फन्दामा थिए भन्ने दाबी ४५ पृष्ठ लामो मुद्धामा गरिएको छ ।

मुद्धामा बेयरले ब्याक अपका लागि पर्खिनु पर्नेमा वीरेन्द्रलाई एक्लै नियन्त्रणमा लिन खोजेर गल्ती गरेको उल्लेख छ । मुद्धामा बन्दुकको प्रयोग अन्तिम विकल्प हुनुपर्ने उल्लेख गर्दै गोली नै चलाउनु पर्ने स्तरको घातक हतियार वीरेन्द्रसँग नरहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया