अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

प्रहरी प्रमुख बन्न नौ करोडको प्रस्ताव:– पूर्व डिआइजी थापा

अर्जुन बराल २०७६ साउन १५ गते १०:०० मा प्रकाशित

धापासी काठमाण्डौको महाराजगन्ज वसुन्धरा नजिकै रहेको एउटा सामान्य घरभित्रबाट आउने हिन्दुधर्मभित्रका ती मिठा अनि देवदेवताका लोभ्याउने शैलीका ती श्लोकहरूको लय सुनिसकेपछि बाटोमा हिँडिरहेको मेरोमनमा कौतूहल जाग्यो साच्चीनै हेर्दा शिक्षितबर्गको जस्तो देखिने यो घर अनि धर्मप्रतिको लगाव नबुझी अगाडी बढ्नै मन मानेन, दाँयाबाँया नहेरी गेटमै पुगेर बेल बजाए ।

आश्चर्य चकित भए तत्कालीन समयको रोयल नेपाल एयरलाइन्समा ईनफलाईट सुपरभाईजर पदमा रहेका किशोर प्रसाद शर्मा की श्रीमती अनि सत्य सेवा संरक्षणको मुलमन्त्रलाई आत्मसाथ गदै प्रहरी सेवामा तीस वर्ष बिताउनु भएकी पूर्व डिआइजी विमला थापा आस्थाले शिर झुकाउँदै अभिवादन गरी आफ्नो परिचय दिए, । नेपाल प्रहरीको यति लामो इतिहासमा प्रहरीको उच्च तहमा पुग्ने महिला मध्य एक उनी उनको बारेमा धेरथोर नजान्ने त कुरै भएन अझ समग्रमा जान्ने मनसायले राजनीतिकदलको दबाबले गिराएको सङ्गठनको साख सहित अध्यात्मका विषयवस्तु अनि प्रश्न गरे धर्म के रहेछ ? जवाफ जस्तो सुकै होस तर जान्न उत्सुक नै थिए ।

असल,परोपकारी,सकारात्मक कामसँगै जीवन मृत्युसँग उत्तिकै सामीप्यमा रही प्राणी र ब्रह््राण्डको सम्बन्ध सहित स्वभाव, कर्तव्य, अधिकार, कानुन, व्यवहार, गुण र जिउने शिक्षालाई नै धर्म भनिन्छ हातमा रहेको पुजा को थालीलाई नजिकै रहेको टेबलमा राख्दै जवाफ दिइन ।

२०४० सालमा १६०० प्रत्याशीबाट प्रथम स्थानमा छनौट भई प्रहरी सेवामा प्रवेश गरेकी एउटा काबिल प्रहरी अफिसर अपराधको दुनियाँमा कठोर बनी अपराधीलाई जेलको छडीमा बसाली आफ्नै प्रहरी सङ्गठनभित्र आफू मातहतका कैयौँ खराबआचरणका प्रहरी कर्मचारीलाई कारबाही गर्न कत्ति नडराउने साथै महिला तथा बालबालिका निर्र्देशनालयको प्रमुख रहँदा केही जिल्लामा महिला सेल सहित नेपाल प्रहरीमा जेण्डर पोलिसी निर्माण गरेकी अनि नेपाल प्रहरीको इतिहासमा पहिलो ईन्टरनेशनल अवार्ड पाउने महिला अधिकृत २०७० सालमा रिटायर्ड भएदेखि गुमनाम किन ?

उमेरले छ दशक भए पनि उनको प्रत्येकदिनको योगा अनि ब्रह््राकुमारी राजयोगको सामिप्यता सँगै धर्मप्रतिको लगावले नै हो कि जोशजागरका साथ देशको राजनीति बाल्यकालमा भोगेको भन्दा दिनप्रतिदिन ओरालो उन्मुख देख्छु कोही नेता पनि देशप्रति जवाफदेखि देख्दिन लुटतन्त्र हाबी छ नेताहरू आफू र आफ्ना आफन्तीको उन्नतिमा मात्र केन्द्रित देख्छु । यस्तो गन्जागोल र विदेशीहरूको क्रिडास्थल बनाइएको देशमा म जस्ता कैयौलाई अहिलेको पद्धतिले गुमनाम बनाउनु स्वभाबीक हो बरु यसै वर्षदेखि प्रारम्भ भएको मातृभूमिका लागि नेपाली नामक अभियान सञ्चालन गरेका छौ हामीले, जुन अभियान देशको लागि समर्पित रहने छ जसमा म केन्द्रीय सचिवालय सदस्यमा पनि छु दुई सन्तान अस्ट्रेलिया हुँदा पनि मलाई उतै जान कर नगरेका होइन केवलउनीहरुलाई भेट्न जाने गरेकी छु देशप्रति जिम्मेवार हुन्छु भनेर मातृभूमिको टिका लगाएकी म बरु गुमनाम रुचाउँछु देश छोडेर प्रदेश जाने कुरै हुँदैन उनी भन्दछीन ।

नेपाल प्रहरीमा पहिलो महिला गुल्म पति,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो महिला प्रहरी प्रमुख अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा प्रमुखमा रहँदा प्रख्यात त्रिसट्ठी पट्ट चौथो पदक,सवारी अनुमतिपत्र वितरण इकाईमा रहँदा गोरखा दक्षिण बाहु चौथो सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब दुई दर्जन पदक तथा अवार्ड प्राप्त उनी, प्रहरी सेवामा रहँदा मेची,गण्डकी,धवलागिरी अञ्चल सहित सुदूरपश्चिम प्रहरी प्रमुखको सफलरुपबाट जिम्मेवार सम्हालिसकेकी र सेवामै रहँदा सिएरालिएन तथा कम्बोडियामा समेत पुगेकी उनी सङ्गठन भित्र मात्र होइन सङ्गठन बाहिर पनि आफ्नो जिम्मेवार सहित कर्तव्यमा अडिक प्रहरी अफिसरका रूपमा परिचित नै थिइन ।

काँग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटले सवारी अनुमतिपत्र शाखा प्रमुख हुँदा नियमबिपरित सवारी अनुमति पत्र नदिएको झोकमा आफूलाई अन्यत्र सरुवा गरेको त्यो क्षण,जनता जान्न चाहन्छन् भन्ने कार्यक्रमका सञ्चालक एंवम पत्रकार ऋृषि धमलाले बाग्मती अञ्चलमा सवारी अनुमति परीक्षा चरणमा फेलभएपछि नियमबिपरित भए पनि आफूलाई अनुमतिपत्र दिनुपर्ने र नदिए दुई घण्टा भित्रमा नै सरुवा गरिदिने धम्कीसँग नडराई कर्तव्यमा अडिगमै रहेका ती एक दुई घटनाक्रमलेपनि प्रहरी सङ्गठनमा कस्ता कस्ता दबाब आउँदा रहेछन् भनेर बताउँछ उनी थप्छीन ।
प्रहरी सेवाको कार्यकालमा तीन पटक सम्म सवारी अनुमति शाखा प्रमुखको जिम्मेवार सम्हालेकी उनी दरबारबाट तत्कालीन अधिराजकुमारी श्रृती राज्यलक्ष्मी शाहलाई सवारी अनुमति पत्र चाहियो भनी दरबारको आदेश लिएर कोही उनको कार्यकक्षमा आए तर दरबारको आदेश चल्ने त्यससमयमा उनी आदेश लिएर आउने ब्यत्तिलाई कानुन सबैको लागि बराबर कानुनबिपरित म बर्दी खोल्छु तर अनुमति पत्र दिन सक्दिन भनी पठाएको र पछि श्रृति राज्यलक्ष्मी शाहले तीनदिनको कक्षासहित लिखित,मौखिक र प्रयोगात्मक ।

परीक्षा उत्तीर्ण गरी अनुमति पत्र पात्र गरिन यो सम्झँदा यी शासक भन्दा दरबार बरु प्रजातान्त्रिक थियो भन्ने महसुस यसैले थाहा हुन्छ नि है उनी प्रश्न गर्छिन् ।

जब डिएसपीसम्म बढुवा भर्ईन तब सम्म उनी सिनियरका आधारमा भइन त्यसपछिका बढुवामा उनी सङ्गठनप्रति बफादार सहित कार्यसम्पादन मुल्याङ्कनमासमेत अब्बल हुँदा समेत बिभेदनै विभेदमा परिन । आफूभन्दा धेरै नै जुनियर आफूभन्दा माथिल्लोपदमा पुग्दा बल्ल बढुवा हुन्थ्यो अझ प्रत्येक बढुवामा आर्थिक चलखेल हुन्थ्यो । अझ ताजै सम्झीन्छिन उनी डिआइजीबाट बढुवाक्रममा देश परिवर्तन गर्छु भन्ने नेताजीले नौ करोड दिने हो भने प्रहरी प्रमुख बनाइदिन्छु भन्ने प्रस्ताव आएपछि बल्न उनले सङ्गठन कमजोर बन्यो भनेर विरक्त मानिन जुन प्रचलन अहिलेपनि छ अनि हामी व्यवसायीकरण प्रहरी अनि मजबुत प्रहरी सङ्गठनको नारा दिन्छौ यी सब फगत भनाई मात्र हुन उनी निर्धक्क भन्छिन् ।

(पूर्व डिआइजी विमला थापासँग गरेको कुराकानीको सम्पादित अंश)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू