अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

अनेसास, कोलोराडो च्याप्टरको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा तारा अधिकारी

बिआरटीनेपाल २०७६ साउन १३ गते २०:०१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको भानु जयन्ती तथा वार्षिक साधारण सभा यही जुलाई २८, २०१९ आइतबारका दिन सम्पन्न भएको छ ।

च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङ्गेलको अध्यक्षतामा भएको सो भानु जयन्तीमा प्रमुख अतिथिको रूपमा समाजसेवी नारायण श्रेष्ठ, विशिष्ट अतिथिहरूमा अनेसासका पूर्व अध्यक्षहरू ज्ञानेन्द्र गदाल र पदम विश्वकर्मा रहनु भएको थियो । प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरू, उपस्थित अनेसासका आजीवन सदस्यहरूबाट भानुभक्तको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूबाट रचना वाचन गरिएको थियो । रचना वाचन गर्नेहरूमा हरी श्रेष्ठ, समीर आचार्य, सम्झना आचार्य, साबु गदाल कार्की, दामोदर लुइँटेल, पदम विश्वकर्मा, वासु खनाल, भीष्म प्रधान, यशोदा भट्ट, निर्मल प्याकुरेल, रामप्रसाद मरासैनी, सरिता आचार्य, उषाकिरण अधिकारी, सार्थक आचार्य, श्याम कुमार श्रेष्ठ थिए ।

कार्यक्रमको दोस्रो चरणमा अनेसास कोलोराडो च्याप्टरको निर्वाचन सम्बन्धमा च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङ्गेल र निर्वाचन प्रमुख ज्ञानेन्द्र गदालले जानकारी तथा यस सम्बन्धमा उठेका जिज्ञासाहरूको जानकारी गराएका थिए । यसै गरी च्याप्टर अध्यक्ष ढुङ्गेलले आफ्नो कार्यकालको आयव्ययको विवरण प्रस्तुत गर्दै सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

साधारण सभाबाट अध्यक्षमा तारा अधिकारी, उपाध्यक्षमा मिना पौडेल, महासचिवमा सम्झना आचार्य, सचिवमा यशोदा भट्ट, कोषाध्यक्षमा रमेश कोइराला र सदस्यहरूमा राजु सिटौला र दीपक सुनुवार सर्वसम्मतबाट निर्विरोध भएका छन् । नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन प्रमुखले शपथ ग्रहण गराएका थिए भने निवर्तमान अध्यक्ष पदम विश्वकर्माले पुरानो कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा अनेसास ट्रस्टी सदस्य डा. विजयराज शर्माको पनि उपस्थिति रहेको थियो ।  कार्यक्रमको संचालन संस्थाका महासचिव श्याम श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया