अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

प्रियङ्का चोपडाले अन्ततः मुख खोलिन्

बिआरटीनेपाल २०७६ असार २२ गते १०:०१ मा प्रकाशित

एजेन्सी । प्रेम सम्बन्ध लम्बिन नदिई बिहेमा रूपान्तरण गरेकी अभिनेत्री प्रियङ्का चोपडाले आफ्नो बिहेको योजनाबारे अन्ततः मुख खोलेकी छन् ।
उनले हालै एउटा बेलायती पत्रिकालाई भनेकी छन्, ‘डेढ महिनाको योजना हो । सुरुमा ल ल गरिहालौँ भन्ने भयो,’ उनले भनेकी छन्, ‘पछि अचानक ओ गड भन्ने अवस्थामा पुगियो । खर्च अत्यधिक भयो ।’

उनले अमेरिकी गायक निक जोनससँग भारतमा भारतीय परम्परा अनुसार भव्य समारोह आयोजना गरी १ डिसेम्बर २०१८ मा विवाह गरेकी हुन् । विवाह पूर्व उनीहरूको प्रेम सम्बन्ध करिब ४ महिना मात्र रह्यो ।

प्रियङ्का र निक सार्वजनिक कार्यक्रममा सँगसँगै देखिन्छन् । उनीहरू दुवै इन्स्टाग्राममा सक्रिय छन् भने एक अर्काको व्यावसायिक सफलताका लागि सहयोग गरागर गर्दछन् । बलिउडबाट हलिउड छिरेकी अभिनेत्री प्रियङ्का सोनाली बोसका द स्काइ इज पिक मार्फत फेरी बलिउड फर्किने भएकी छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू