अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

शिवहरी पौड्यालको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र “लक्का जवान” बन्ने

बिआरटीनेपाल २०७६ असार १५ गते २०:५५ मा प्रकाशित

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय उपाध्यक्ष एवम् नेपाल शाखाका अध्यक्ष अग्रज हास्य कलाकार, फिल्म निर्माता, किसी जोडी (किरण केसी शिवहरी पौडेलको जोडी) का एक हस्ती शिवहरी पौड्यालको लेखन तथा निर्देशनमा विशुद्ध पारिवारिक, नेपाली कथानक चलचित्र लक्का जवान बन्ने भएको छ ।

उक्त कुरा आज काठमाडौँमा आयोजित किरण केसी जन्मोत्सव कार्यक्रममा चलचित्र लक्का जवानका लेखक, निर्देशक एवम् कलाकार शिवहरी पौड्याल र सह निर्माता किरण केसीले संयुक्त रूपमा घोषणा गर्नुभएको हो ।

आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘लक्का जवान’ पारिवारिक तथा कमेडी कथामा बन्न लागेको छ र यो चलचित्र सँगै अग्रज कलाकार शिवहरि पौडेलले अब चलचित्र निर्देशकको रूपमा पनि नयाँ परिचय बनाउन लागेका छन् । तर जिरे खुर्सानी जस्तो एतिहासिक र लामो सिरियलका लेखक र निर्देशक पौडेलले ब्रेक फेल लगायत कयौँ सिरियल, कार्यक्रममा पनि निर्देशकको राम्रो र गडिलो परिचय पहिले नै बनाइसकेका छन् । ती अनुभवको आधारमा भन्न सकिन्छ कि शिवहरी लक्का जवान चलचित्रबाट एउटा सफल निर्देशक बनेर चलचित्र जगतमा पदार्पण गर्ने छन् ।

ध्रुव वन्त र अनुसुया श्रेष्ठ वन्त मुख्य निर्माता रहेको चलचित्रका सह–निर्मातामा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौड्याल हुन् । यो चलचित्रको विषयमा निर्देशक पौडेलले भने–‘चलचित्रलाई हामीले विशुद्ध पारिवारिक र कमेडी कथामा निर्माण गर्दछौ । चलचित्रको विषयमा अन्य जानकारी हामी पछि दिनेछौ ।’

अत्यन्त लोकप्रिय हास्य कलाकार, प्रतिभावान् कलाकार, बहुमुखी प्रतिभाका उदाहरणीय कलाकार शिवहरि पौड्याल र वहाँको सम्पूर्ण टिमलाई लक्का जवान चलचित्रको एतिहासिक सफलताको शुभकामना ।

प्रतिक्रिया