अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

सुन्ने र सुनाउने कार्यक्रमको १६ भाग सफलता पूर्वक सम्पन्न

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ३:३९ मा प्रकाशित

गत आईतवार सुन्ने र सुनाउने कार्यक्रमले १६ भाग सफलता पूर्वक सम्पन्न गरेको छ । साहित्य सङ्गीतलाई जोडने यो अभियान निरन्तररुपमा नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानले प्रत्येक महिनाको दोस्रो आइतबार सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रमको आगामी भावी योजना, कार्य सञ्चालन तथा आर्थिक स्रोत सम्बन्धी अन्तर्कृयात्मक छलफल प्रथम चरणमा गरिएको थियो भने दोस्रो चरण नियमित साहित्य गतिविधि सम्पन्न भएको थियो ।

साथै यथा स्थानमा आगामी २ वर्ष सम्म सुन्ने र सुनाउने कार्यक्रमले निरन्तरता पाउने भएको छ भने त्यसको लागि आर्थिक सहयोग पनि जुटेको छ । स्वस्फुर्त रूपमा सहयोग गर्ने साहित्य अनुरागीहरूको साथले अझ यो अभियान सबल हुने विश्वास प्रतिष्ठानले लिएको छ । 

पार्वती बास्तोलाले सञ्चालन गर्नु भएको आजको कार्यक्रममा वसन्त लम्साल र रविलाल बास्तोलाले साङ्गीतिक प्रस्तुति दिनु भएको थियो भने सोही कार्यक्रममा लाल प्रसाद चौलागाइ, रिता ढकाल, सिता सापकोटा, ज्ञानेन्द्र काफ्ले, भूपेन्द्र महत, धन पौड्याल, छविलाल चौलागाइ, वसन्त लम्साल, सेनु प्रसाद तिवारी र तेजेन्द्र प्रसाद सापकोटा जस्ता कवि कवयत्रीका कविता ,गीत र गजल बाँच्न गरिएको थियो ।

बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रमको सभापतित्व गायक रविलाल बास्तोलाले गर्नु भएको थियो ।

प्रतिक्रिया