अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

मिसेस् नेपाल ग्ल्याम २०१९ का प्रतियोगीहरू प्रशिक्षणको मैदानमा

कुबेर गिरी २०७६ जेठ ५ गते ९:२२ मा प्रकाशित

काठमाडौँ – ‘मिसेस् नेपाल ग्ल्याम २०१९’का १७ प्रतियोगी प्रशिक्षणको मैदानमा छन् । अन्तिम स्पर्धामा शीर्ष उपाधि जित्ने उद्देश्य सहित उनीहरू प्रतिभा निखार्न प्रशिक्षणमा जुटेका हुन् । 

प्रशिक्षक क्रममा उनीहरूले सञ्चार कला, विकास मोटिभेसन, लिडर सिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।

अन्जु खड्का राई, देवकी सेवा रिजाल, बीनू शाही, सुनिता फÞूयाल क्षेत्री, शिल्भा तुलाधर, पनीता राइर्, सीमा शर्मा, निम तामाङ, सन्ध्या श्रेष्ठ, सीमा घतान विश्वकर्मा, सोनीका कार्की, सोना राई लामा, कल्पना प्रधान, प्रज्ञा श्रेष्ठ, मीनु प्रधान श्रेष्ठ, प्रतिमा अधिकारी, पुण्य बज्राचार्य लगायत प्रतियोगी छन् ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको इभेन्ट म्यानेजर आकाश गिरी हुन् । प्रतियोगितामा शीर्ष सहित विभिन्न आधा दर्जन बिधामा विजेता छानिने छन् ।

विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूको भविष्य सुधार्ने उद्देश्य प्रतियोगिता आयोजना हँुदै आएको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रीति कार्कीले जानकारी दिइन्