अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण

कुबेर गिरी २०७९ वैशाख ५ गते १९:१८ मा प्रकाशित

काठमाडौँ । कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाइमा लोकार्पण गरिएको छ । उपन्यास ‘भाइरस लभ’ तिलिचो तालसँगको हिमालको पाँच हजार एक सय ६ मिटर उचाइमा लोकार्पण गरिएको हो ।
पुस्तकलाई पत्रकार कृष्ण भुसाल, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’ लगायतले ५ हजार एक सय ६ मिटर उचाइमा लोकार्पण गरेका थिए ।

१९२ पेजको उपन्यास चालिस भाग विभाजन गरिएको छ । कार्यक्रममा सहभागी भुसाल, चन्द र अधिकारीले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।

यति धेरै उचाइमा उपन्यास लोकार्पण गरिएको विश्वमा यो नै पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्यायले जानकारी गराए शिखा बुकले प्रकाशन गरेको १९२ पेजको उपन्यासको मूल्य ३७५ राखिएको छ ।

डा. उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्य चक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’लगायत थुपै उपन्यास र गीत सार्वजनिक भएका छन् ।

डा. उपाध्यायले गीत सङ्गीत तथा विविध विधामान गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम केही अगाडि गरेका थिए ।