अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

शिव परियारको ‘समुन्द्र सबै शराव भए’ मा सराबी भए आर्यन

कुबेर गिरी २०७९ असार ३ गते ८:१० मा प्रकाशित

काठमाडौँ । लोकप्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै शराव भए’ सार्वजनिक भएको छ । विशिष्ट सङ्गीतकार आलोकश्रीको सङ्गीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् ।

महाराज थापाको सङ्गीत संयोजन रहेको गीत गुन्जन स्टुडियोमा रेकर्ड भएको हो । गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र श्री थपलियाको अभिनय देख्न सकिन्छ । निकै तामझामका साथ बनाइएको भिडियोमा एक सराबी प्रेमीले आफ्नो प्रेमीकालाई फकाउने प्रेमीकथा बुनिएको छ ।

थुप्रै कोरस प्रयोग गरेर आकर्षक नृत्य सहित बनाइएको भिडियोमा सुदीप बरालको छायाङ्कन, भरत रेग्मीको सम्पादन छ । भिडियोको कोरियोग्राफी तथा निर्देशक कविराज गहतराजले गरेका हुन् ।