अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

अमेरिकाको कोलोराडोमा एनआरएन निर्वाचन विशेष बहस सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७६ वैशाख १७ गते ९:३१ मा प्रकाशित

अमेरिकामा एनआरएनए निर्वाचन विशेष बहस सम्पन्न भएको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचनलाई लक्षित गरी कोलोराडोबाट सञ्चालित अनलाइन पोर्टल बिआरटी नेपाल डट कमको आयोजनामा उम्मेदवारहरूको बहस कार्यक्रम सम्पन्न भएको हो ।

कोलोराडो डेनभरको याक एन्ड एती रेस्टुरेन्टमा आयोजित बहसमा एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासीहरू सञ्जय थापा (न्यु योर्क) र सूर्य लम्साल (न्यु योर्क) सहभागी हुनुभएको थियो । तर, अध्यक्षका अर्का प्रत्यासी सुनिल शाह कार्य ब्यस्तताको कारण बहसमा सहभागी हुनुभएन ।
आयोजित बहसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. अर्जुन बन्जाडे (टेक्सस), महासचिवका उम्मेदवार पशुपति पाण्डे (सियाटल), सचिव पदका उम्मेदवार भानु रिजाल (टेक्सस), कोषाध्यक्ष पदका उम्मेदवार रविन बज्राचार्य (न्यु योर्क) र बोर्ड अफ डाइरेक्टरका उम्मेदवार द्धय धर्म विश्वकर्मा (बाल्टिमोर) र जीवन जोशी (टेक्सस) को पनि उपस्थित रहेको थियो ।

बिआरटी नेपालले विश्वमै अनुकरणीय मानिने प्रजातान्त्रिक शैली, खुला प्रतिस्पर्धा र नेत्रृत्वका लागि आवश्यक ज्ञान, अनुभव र तर्कसहितको बहसको एकै साथ परीक्षण हुने गरेको अमेरिकी राष्ट्रपतिको निर्वाचन जस्तै गरी पहिलो पटक एनआरएनएको निर्वाचन पूर्व बहस गरेको हो ।

करिब ४ घण्टा लामो बहसमा आयोजकले निर्वाचनका उम्मेद्वारहरुलाई २ प्रश्न सोधेको थियो भने बहसमा सहभागी सरोकारवालाहरूले विभिन्न प्रश्न सोधेका थिए । कार्यक्रममा प्रश्नहरूको प्रत्यक्ष जवाफ निर्वाचनका प्रत्यासीहरुले दिएका थिए । त्यसरी प्रश्न गर्नेहरूमा स्वप्निल अधिकारी, नवराज न्यौपाने, गङ्गा चौलागाईं, जगदीश चन्द्र ढकाल, आर सी पन्त, टिका पौडेल, पदम विश्वकर्मा, राम बहादुर राणा भाट, कुमार जङ कार्की, विजय बगाले, भीष्म प्रधान, योगराज गौतम, र गणेश भण्डारी हुनुहुन्थ्यो । 

कार्यक्रमको अन्तमा सम्बोधन गर्दै कोलोराडोका समाजसेवी एवं बहस कार्यक्रमका सभापति डा. विजयराज शर्माले निर्वाचनमा हारजित जे भए पनि एनआरएनएको पक्षमा सबै सहकार्य गरी काम गर्न उम्मेद्वारहरुलाई आग्रह गर्नुभयो । नेपालले पहिचान गरेको एक मात्र संस्था एनआरएनए भएकोले संस्थाले नेपाल र नेपालीसँग जोड्न सदैव रचनात्मक भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो । एनआरएनले नेपालको पर्यटन तथा लगानीको क्षेत्रमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने शर्माले बताउनुभयो ।

प्रत्यक्ष प्रसारणको भिडियो


बहस कार्यक्रमका आसन्न निर्वाचनमा निर्विरोध हुन लागेका कोलोराडो च्याप्टरका प्रतिनिधिहरूको परिचय दिएको थियो भने नव निर्वाचित अध्यक्ष तथा हालका उपाध्यक्ष कुमार जङ्ग कार्कीले सबैसँग सहकार्य गरेर जाने प्रतिबद्धता जनाउनुभएको थियो ।

नेपाली तथा अमेरिकन राष्ट्रिय गानबाट सुरु गरिएको बहस कार्यक्रमको सञ्चालन ध्रुव कुँवरले गर्नुभएको थियो भने उहाँलाई समय ब्यबस्थापनामा सहयोग दीपक सुनुवारले गर्नु भएको थियो । बहस कार्यक्रमको बिआरटी नेपाल डट कमको फेसबुक पेज र रेडियो हिमालबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

उक्त बहस कार्यक्रममा कोलोराडोका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो । यसरी उपस्थित हुनेहरूमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टी उपाध्यक्ष पदम विश्वकर्मा, नेपाली घरका अध्यक्ष लछुमन राणा, तमु धि कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टर अध्यक्ष गणेश भण्डारी, एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष राज ढुङ्गाना, अरोरा हिमालय लायन्स क्लब अध्यक्ष कपिल सुबेदी, एनआरएन हेल्प डेस्कका सदस्य बासुदेब खनाल, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो रिजनल को-अर्डीनेटर भूषण श्रेष्ठ र जातीय विभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तीर्थ बर्मा हुनुहुन्थ्यो ।

आयोजकको तर्फबाट सम्पूर्ण विभिन्न राज्यबाट आउनु भएका उपस्थित प्रत्यासीहरु, उपस्थित कोलोराडो नेपालीहरू लगायत कार्यक्रम सफल बनाउन आर्थिक रूपमा सहयोग गर्नेहरू: राज ढुङ्गाना, कुमार जङ कार्की, पदम विश्वकर्मा, आर. सी. पन्त, श्याम श्रेष्ठ, नवराज न्यौपाने, कपिल सुबेदी, सुनिल शाह, धर्म विश्वकर्मा, वासु खनालहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको थियो ।

 

 

 

प्रतिक्रिया