अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

राजेशपायलको दर्शन नमस्ते -४ सार्वजनिक

बिआरटीनेपाल २०७५ चैत २७ गते ९:२६ मा प्रकाशित

भर्षटायल छविको गायकको रूपमा परिचित गायक राई इज किङ्ग अर्थात् राजेश पायल राईले मङ्गलवार भव्य समारोह बिच आफ्नो १९ औ नयॉ एलबम दर्शन नमस्ते -४ सार्वजनिक गरेका छन् । 

दर्शन नमस्ते अल्बमको सफलता पछि दर्शन नमस्ते श्रृंखला अन्तर्गतको राजेश पायल राईको चौथो भाग दर्शन नमस्ते -४ लाई संस्कृतिकर्मी तथा नेपाली नृत्य, सङ्गीत र नाटकको क्षेत्रमा विशेष योगदान दिएका नटराज भैरव बहादुर थापाले दरबारमार्ग को किंग्स लजमा आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।

नेपाली गायन क्षेत्रको एक उज्ज्वल नक्षत्र राजेश पायलको ‘दर्शन नमस्ते-४ ’ सार्वजनिक गर्न पाउँदा आफूले सम्मानित महसुस गरेको बताउनुहुँदै ८४ वर्षीय नटराज भैरव बहादुर थापाले गायक राईलाई सबै प्रकारको गीत गाउन सक्ने खुबी भएको बताउँदै उनको साङ्गीतिक यात्रामा यो एलबमले थप सफलता दिलाओश भनी शुभकामना दिए ।

साप्ताहिकको प्रस्तुति तथा वाईवाईसंगको सहकार्यमा निकालिएको एलबम ‘वाई वाई दर्शन नमस्ते–४’मा सात वटा गीत समावेश छन् । जसमा टाइटल गीत दर्शन नमस्ते नै तीन वटा रहेका छन् । उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्काले तीन वटा टाइटल गीतको शब्द -सङ्गीत तयार पारेका छन् । अन्य गीतहरू भद्र कला आङ्बुहाङ राई, विशाल हसिन राई, वसन्त सापकोटा र टिका चाम्लिङको शब्द तथा जसमा बादल लिम्बू, सन्तोषराज, महाराज थापा सँगै वरिष्ठ सङ्गीतकार स्व. अम्बर गुरुङको अन्तिम सङ्गीत रहेको छ । कार्यक्रममा राजेशपायलले एलबममा समाविष्ट दर्शन नमस्ते टाइटलका दुई गीत प्रस्तुत गरेका थिए भने उनको अल्बमको मोहनी बोलको गीतको म्युजिक भिडियो समेत देखाइएको थियो । 

प्रतिक्रिया