अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

सुन्ने र सुनाउने १४ औ भाग सम्पन्न

बिआरटीनेपाल २०७५ चैत २५ गते ११:१० मा प्रकाशित

सुन्ने र सुनाउने साझा मञ्चले आफ्नो १४ औ भाग सफलता पूर्वक सम्पन्न गरेको छ । नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको आयोजनामा प्रत्येक महिनाको दोस्रो आइतबार नियमित रूपमा सञ्चालन हुँदै आइरहेको सुन्ने र सुनाउने कार्यक्रमले साहित्य अनुरागीको साझा मञ्च बन्न सफल भइरहेको छ। गला र साहित्य बाँच्न भित्र नयाँ प्रतिभाको प्रोत्साहन र पुराना तथा अग्रजको साधनाको निरन्तरताको कडीको रूपमा आफूलाई स्थापित गराउँदै अघि बढेको सुन्ने र सुनाउने अभियानले नयाँ र पुराना प्रतिभालाई एक ठाउँमा उभ्याउदै आइरहेको छ ।

गायक सङ्गीतकार वसन्त लम्सालको गजल र गीत बाँच्न बाट सुरु भएको कार्यक्रममा सम्झना पाण्डेको सुमधुर आबज तथा रविलाल बास्तोलाको देश भक्ति गायनबाट स्वर साधकले आफ्नो साधना प्रस्तुत गरेका थिए भने लाल चौलागाइ, सरोज भुसाल, भुपेन्द्र महत, सेनु प्रसाद तिवारी, रिता ढकाल, धन पौड्याल, विभिषिका अधिकारी र सिता सापकोटा जस्ता स्रजकहरुले आफ्नो श्रीजना बाँच्न गरेका थिए । पार्वती बास्तोलाको सभापतित्वमा सिता सापकोटाद्वारा सञ्चालित यस कार्यक्रमलाई बिआरटी नेपाल फेसबुक पेजबाट प्रतक्ष्य प्रसारण गरिएको थियो भने नेपालको सञ्चारकर्मी तथा गजलकार माया मितुको गजल समेत बाँच्न गरिएको थियो ।

VIDEO:

प्रतिक्रिया