अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 16:37

एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष उम्मेदवार नवराज न्यौपानेका प्रतिबद्धता

बिआरटीनेपाल २०७५ चैत १३ गते ११:२५ मा प्रकाशित

आदरणीय जनसमुदाय आगामी कार्यकालको (२०१९-२०२१) लागी घोषणा (प्रतिबद्धता) पत्र

१ कोलोराडोमा रहेका नेपालीहरूको तथ्याङ्क सङ्कलन गर्नेछौ ।

२ नेपाली सङ्घ संस्थाहरू सँग हातमा हात मिलाएर काम गर्ने छौँ।

३ आपतकालिन कोषलाई पारदर्शी र थप मज़बूत बनाउने छौँ त्यसको लागि स्थानीय सङ्घ संस्था , बुद्धिजीवी , ब्यपारीहरू सँग समन्वन गरी कार्यक्रम सञ्चालन गर्ने छौ ।

४ वर्तमान कार्यसमितिको राम्रा कार्यलाई निरन्तरता दिनेछौ ।

५ नेपालबाट आउने नयाँ दाजुभाइ ,दिदीबहिनी हरूको लागी काम तथा वासस्थान लगायतमा सहयोग गर्नेछौ र त्यसकोलागी हेल्प डेस्कलाई थप सक्रिय बनाइने छ ।

६ युवाहरूलाई संघठनमा आकर्षण गर्नको लागी युवा मैत्री कार्यक्रम चलाउने छौ त्यसका लागी कार्यसमितिमा नाम मात्रको युथ कोडीनेटर लाई थप अघिकार र सक्रिय बनाउने छौ ।

७ साहित्य, भाषा, कला र संस्कृतलाई जगेर्ना गर्नको लागि साहित्य सम्बन्धी समाजमा विशेष योगदान पुराउनु भएको व्यक्तिहरू मध्यबाट साहित्यिक संयोजक राख्ने छौ । साथै नेपाली पाठशालाको लागी सहयोग गर्ने छौ ।(अहीले भएको र नयाँ आउँदै गरेको )

८ नेपाल र नेपालीको पहिचानको झल्किने गरी कोलोराडोमा रहेका (Avenue , way, Road etc ) नाम परिवर्तन गरी नेपाली नामकरण गर्न याँहाको स्थानीय र प्रदेश सरकार सँग पहल गर्ने छौ ।

९ अहीले भएको एनआरएन कोलोराडो रजिस्ट्रार सदस्य सङ्ख्यालाई बढाएर कम्तीमा २००० जना बनाउने छौ । त्यसको लागि छुट्टै एक समिति बनाएर कोलोराडोको विभिन्न ठाउँमा एक हप्ताको कार्यक्रम चलाउने छौ ।

१० हाम्रा अग्रजहरूको सपनामा रहेका कम्यूनिटी भवनको लागी पहिलो प्राथमिकता राखेर काम गर्नुका साथै गत वर्ष हामीले पुराणमा तोकेको रकममा थप गर्ने छौ ।

११ “एक पटको नेपाली सदैको नेपाली “ भन्ने मूल नारा लाई आत्मासाथ गर्दै नेपाली अमेरिकनहरूको नेपालमा सुरक्षित लगानीको वातावरण बनाउनको लागी एन.आर.एन. केन्द्र र आ.सी.सी. सँग समन्वय गरी काम गर्ने छौ ।

१२ अग्रजलाई सम्मान युवालाई नेतृत्व भावी पुस्तालाई प्रोत्साहन भन्ने मूलनाराका साथ काम गर्नू साथै महिलालाई नेतृत्व विकाशको लागी पहल गर्ने छौ ।

१३ अन्तमा मेरो प्रतिस्पर्धी साथीहरूको साझा र राम्रा मुद्दाहरूलाई अपनत्व गर्ने छौ

धन्यवाद
नवराज न्यौपाने
एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष उम्मेदवार 

प्रतिक्रिया