अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

प्रदीप र गोविन्दले ४५ अनाथ बालबालिकाको तीरे तीन महिनाको शुल्क

बिआरटीनेपाल २०७५ चैत १० गते ११:३८ मा प्रकाशित

काठमाडौँ, यही २२ चैतदेखि नयाँ वर्षको अवसर पारेर देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेसन’का तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालबालिकालाई निजी बिधालयमा पढाउँदा लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् । काठमाडौँको गोकर्ण स्थित संयुक्त एकता अपाङ्ग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई यही वैशाखबाट बिधालय भर्ना सहित तीन महिनाको लागि शुल्कबापतको एक मुस्ट रकम शनिवार बिहान प्रदान गरिएको छ ।

अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिवार बिहान सो अपाङ्ग आवाज केन्द्रमा पुगेर विधार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् ।

विधार्थीहरुलाई भर्ना सहित तीन महिनाको शुल्क प्रदान गर्नुको कारणबारे अभिनेता प्रदीपले भने,‘कलाकारको दायित्व भनेको अभिनय मात्र नभएर समाजसेवा पनि हो । प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेसाका व्यक्तिहरूले विधार्थीहरुको अध्ययन खर्चा जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ भनेरै आज हामीले यहाँ रहेका ४५ बालबालिकालाई स्कुल भर्ना सहित तीन महिनाको शुल्क पनि एकमुष्ट बुझाएका हौँ ।’

बाँकी शुल्कबारे प्रदीपले भने,‘अहिले चलचित्र लभ स्टेसनका तर्फबाट हामीले यो सहयोग गरेको हौँ । यसपछिको लागि अन्य प्रोजेक्टबाट फेरी सहयोग गर्ने छौँ र अरूबाट पनि सहयोग मिल्ने आशा हाम्रो छ ।’ 

लभ स्टेसनका प्रस्तुतकर्ता गोविन्द शाहीले विगतमा पनि यहाँ रहेका बालबालिकालाई सहयोग गरेको बताउँदै लभ स्टेसनका तर्फबाट सामाजिक उत्तरदायित्व स्वरूप ४५ जना विधार्थीको तीन महिनाको पढाई खर्च ब्यहोराको बताए । करेन्टबाट दुवै हात गुमाएकी मेघा घिमिरेलाई पनि यस अघि पनि आफूहरूले एक लाख रुपैयाँ लभ स्टेसनका तर्फबाट प्रदान गरेको प्रस्तुतकर्ता शाहीले जानकारी गराए ।
सो अपँग केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले करिब एक लाख रुपैयाँ हुन आउने सो खर्चमा सहयोग गरेकोमा धन्यवाद प्रदान गर्दै यस्तो सहयोगको आसा अरूसँग पनि गरिएको बताए ।

गत हप्ता अभिनेता प्रदीप खड्काको जन्म दिन मनाइएको भए पनि उनका प्रशंसक ‘प्रदीप खड्का फ्यान परिवार’ले सोही कार्यक्रममा केक काटेर फेरी अभिनेता खड्काको जन्मदिन मनाए ।

चलचित्र लभ स्टेसनलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । जसमा अभिनेता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाङ्कन रहेको लभ स्टेसनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको सङ्गीत छ ।  

प्रतिक्रिया