अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

गीतकार बिटु केसीको नयाँ गीत यूटूबमा

बिआरटीनेपाल २०७५ चैत ४ गते २१:२६ मा प्रकाशित

तिमीले बोले मात्र पुग्छ यो मनलाई
तिमीलाई देखे मात्र यो मनमा फुल फुल्छ
तिमी भित्र पाउँदा आफैलाई
अग्लिएर हिमाल छोऐं
पग्लिएर पानी पानी भएँ …..

आधा मन गीति एलबमबाट पहिलो यो गीत भिडियो रिलिज भएको छ | अनिल शाहीको सङ्गीत रहेको यस गीतमा एन्जेला श्रेष्ठको आवाज रहेको छ | शब्द रचना बिटु केसीको हो | भिडियो अभिनयमा अनिल शाही र बबिता प्रधान श्रेष्ठ हुनुहुन्छ | पाँच देखि छ वटासम्म गीत आधा मन एलबममा समावेश रहने सङ्गीतकार अनिल शाहिले बताउनु भयो | करिब करिब सबै गीतहरूको रेकर्डिङ पूरा भइसकेको जानकारी गराउँदै उहाँले भन्नु भयो – ” यस एलबममा गरिएको मिहिनेत अनुसार म धेरै नै उत्साहित छु |

समय मिलाएर छिटै नै एक पछि अर्को गीतहरू रिलिज हुनेछन् | ” विभिन्न गायक र गायिकाको आवाज रहेको यस एलबममा सबै गीतको शब्द रचना भने बिटु केसीको नै रहेको छ |

प्रतिक्रिया