अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

डेनभरमा ब्लड डोनेसनको कार्यक्रम फेरी हुँदै

बिआरटीनेपाल २०७५ फागुन २६ गते १४:११ मा प्रकाशित

रक्तदान गरौँ जीवन बचाऔँ भन्ने नारासहित अमेरिकाको कोलोराडो राज्यको डेनभर सहरमा शनिवार एप्रिल २७, २०१९ का दिन बिहान १० बजे देखी ६ सम्म ब्लड डोनेसनको कार्यक्रम हुने भएको छ । अरोरा हिमालयन लायन्स क्लब, ब्लड डोनर्स अफ अमेरिका र बिआरटी नेपाल डट कमको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको छ । यो भन्दा पहिले पनि डेसेम्बर १५, २०१८ मा यि तिनै समुह मिलेर रक्तदान कार्यक्रम गरेका थिए ।

उक्त दिन बिहान १० बजे देखि सुरु हुने कार्यक्रममा डेनभर स्थित बोन्फिल्ड रक्तदान केन्द्रमा रक्तदान गर्ने सकिने छ । रक्तदान गर्न कुनै समय लिनु नपर्ने उक्त समय भित्र गएर रक्तदान गर्न सकिने छ । रक्तदान कार्यक्रममा आयोजकले सहभागिताको लागि सबैलाई अपिल गरेको छ । 

संपर्क:
# Tika Paudel -(303) 704-8997
# Sree Ram Luitel – (720) 934-5150
# Kapil Subedi – (720) 324-6004
# Deepak Sunuwar – (720) 662-8715
# Shailesh Pokhrel – (720) 318-1515

प्रतिक्रिया