अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

पशुपति शर्माले नेतालाई ‘मुसा’ भन्दै निकाले अर्को गीत (भिडियो)

बिआरटीनेपाल २०७५ फागुन १९ गते २२:२४ मा प्रकाशित

काठमाडौँ । गएको हप्ता व्यापक चर्चामा रहेका पशुपति शर्माको गीत ‘लुट्न सके लुट’को अघोषित प्रतिबन्ध लाग्यो । उनले उक्त गीत युट्युबबाट हटाए । खास गरी अघिल्लो गीतमा ‘यमराज’ र ‘कुकुर’ भन्ने शब्दमा नेकपा सम्बद्ध युवा सङ्घले चर्को विरोध गरेको थियो । दबाब परेपछि शर्माले उक्त गीत हटाएका थिए ।

गीत नहटाउन आग्रह राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले पनि गरेको थियो । उनै शर्माले फेरि नेतालाई ‘मुसा’को संज्ञामा व्यङ्ग्य गर्दै अर्को गीत रिलिज गरेका छन् । नयाँ व्यङ्ग्यात्मक गीतमा भने उनले चुनावअघि नेता मुसा हुने र चुनावपछि हात्ती हुने उल्लेख गर्दै नेतालाई ‘कुरी कुरी’ भनेका छन् ।

प्रतिक्रिया