अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

एनआरएनए अमेरिका: कोलोराडो च्याप्टरको अध्यक्षमा नवराज न्यौपानेको उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७५ फागुन ७ गते १७:१६ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालको लागि चुनाव आउनु भन्दा अगाडि नै सामाजिक सन्जाल मार्फत उम्मेदवारीको घोषणा अमेरिका भरी गर्न थालिएको छ ।  त्यसै गरी अमेरिकाको कोलोराडो राज्यमा पनि उम्मेदवारीको घोषणा सुरु भएको छ । हिजो कोलोराडो च्याप्टर सचिव आर सी पन्तले अध्यक्षमा बिआरटी नेपाल मार्फत उम्मेदवारी घोषणा गरे भने आज अर्का एनआरएन कोलोराडो च्याप्टर बोर्ड अफ डाइरेक्टर नवराज न्यौपानेले आगामी कार्यकालको लागि कोलोराडो च्याप्टरको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

अमेरिकाको कोलोराडोमा बस्ने नवराज न्यौपाने हामी बिच केही समय देखी चिर-परिचित नाम नै हो, छोटो समयमा नै सबै बिच परिचित न्यौपाने नुवाकोटमा जन्मेका हुन भने नेपालमा व्यवस्थापन सङ्कायमा स्नातक पास गरी स्नाकोतर सम्मको अध्ययन गरेका छन् । नेपालमा हुँदा नेपाल विद्यार्थी सङ्घको राजनीति गरेका न्यौपाने समाजसेवामा सानै देखी रुचि राख्ने व्यक्ति हुन ।

२०१५ मा अमेरिका आएका उनी हाल एनआरएनए अमेरिका कोलोराडो च्याप्टरको बोर्ड अफ डाइरेक्टर हुन । अबको नेतृत्व युवाको साथै सबैलाई मिलाएर लान सक्ने हुनुपर्छ, आफूमा त्यो क्षमता भएकोले नै अध्यक्षमा उम्मेद्बारीको घोषणा गरेको उनी बिआरटी नेपाललाई बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू