अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

विराटनगरमा पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन सो २०७५ सम्पन्न

बिआरटीनेपाल २०७५ माघ १६ गते ८:३४ मा प्रकाशित

राजधानीमा मात्र केन्द्रित रहँदै आएको फेशन सो लाई मोफसलमा पनि स्थापित गर्नुपर्छ भन्ने धारणासहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा नेपालका विभिन्न स्थानहरूमा आयोजना गरेको फेशन सो सफलतापूर्वक सम्पन्न गर्दै आइरहेको पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन सो,२०७५ भव्य रूपमा सम्पन्न भएको छ ।

विराटनगरको पुष्पलाल चोक स्थित रमणीय भेन्यू ड्रिम गार्डेनमा सम्पन्न भएको उक्त फेशन सो को लागी अडिसन राउण्डबाट छनौट भएका ५० जना महिला तथा पुरुष मोडलहरू विभिन्न थिममा र्‍याम्पमा उत्रिएका थिए ।

उक्त सोमा पेजेन्ट नेपालकी नेपालकी प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाइनर ममथा बस्नेतले तयार पारेको डिजाइनहरू प्रस्तुत गरिएको थियो । मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाइएको उक्त फेसन सो मा ४ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।

कल्चलर ड्रेस, वेस्टर्न ड्रेस, फेन्सी ड्रेस, गाउन, वर्षायामको पहिरनहरू, ढाकाका पहिरनहरू सँगै एक सिक्वेन्समा मुख्य प्रायोजक बुलेट चाउचाउको खोलबाट तयार पारिएको ड्रेस तथा अन्य प्रयोजकहरु नेपाल आइस बियर, द ब्यानर सेलेक्ट ब्लुफिन, राती, क्यानभास बाइन लगायतको कभरमा तयार पारिएका पहिरन, पेपर ड्रेस तथा प्लास्टिक ड्रेस पहिरिएर मोडलहरूले सो लाई रङ्गिन बनाएका थिए । रमेश भट्टराई र चन्दा खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा सफल व्यवसायी तथा कोरियोग्राफर ईश्वर बास्तोला, सम्झना चौधरी र दिवस भट्टराईको कोरीयोग्राफीमा मोडलहरू र्‍याम्पमा उत्रिएका थिए। 

फरक एवं नयाँ शैलीका डिजाइनमा तयार पारिएका पहिरनलाई राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीभित्र मात्र सम्पन्न हुँदै आए्को यस्ता कार्यक्रम मोफसलमा रहेका प्रतिभालाई समेत उचित स्थान प्रदान गरिनुपर्छ भन्दै यो पटक फेशन पारखीहरूको हब बन्दै गएको पूर्वान्चलमा अडिसन मार्फत त्यही क्षेत्रका उत्कृष्ट तथा राष्ट्रिय स्तरका चर्चित मोडलहरू छनौट गरी नयाँ(नयाँ कन्सेप्टको साथ तयार पारिएको पहिरनहरू पहिरिएर मोडलहरू र्‍याम्पमा प्रस्तुत भैरहदा कार्यक्रम स्थल तालीले गुन्जिएको थियो ।

पेजेन्ट नेपालका अध्यक्ष राज लुईटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कार्यक्रममा बोल्दै राजधानीमा सीमित रहँदै आएका यस्ता कार्यक्रम मोफसलमा समेत गरेर त्यहाँ रहेका प्रतिभाको मूल्याङ्कन गर्दै उनीहरूको क्षमता अभवृद्दिमा पुर्‍याएको योगदान ठुलो रहेको भन्दै पेजेन्ट नेपाललाई धन्यवाद तथा शुभकामना दिँदै ढाकाको पहिरनलाई ईङ्कित गर्दै नेपाली मौलिक पहिरनबाट नेपाललाई विश्वमा चिनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिको रूपमा विराटनगर क्षेत्रका समाजसेवी तथा व्यवसायी अरुण सुराना, अरुण राठी, श्याम भट्टराई, किरण प्रकाश अर्याल, थानेश्वर उपाध्याय, सञ्जीव खनाल, सरोज चापागाईँ, चलचित्र निर्देशक राजु केसी लगायत बाक्लो मात्रामा दर्शकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी हुन राजधानीबाट नेपालका चर्चित एवं वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ गायक सिताराम पोख्रेल, गायक श्रीकृष्ण लुईटेल९बोकेदाह्री०, गायक सपना श्रेष्ठ, गायक कृष्ण काफ्ले,गायक ध्रुव बिसको, लोकप्रिय हास्य कलाकार महादेव त्रिपाठी, नायक श्रीदेव भट्टराई, नायिका ममता प्रधान, नायिका सुनिता कटुवाल, नायिका पूजा परियार,नितु कोइराला लगायत स्थानीय स्तरका कलाकारहरूको समेत बेजोड प्रस्तुति रहेको थियो ।

फेशन सो को दौरान पेजेन्ट नेपालले विभिन्न क्षेत्रमा रहेर योगदान पुर्‍याउन सफल व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गर्‍यो । सम्मानित हुनुहुनेमा वरिष्ठ गायक सिताराम पोखरेल, नायकरमोडल श्रीदेव भट्टराई, युवा व्यवसायी अमिर न्यौपाने, समाजसेवी पुनम चौधरी र मोडल जीवन ओडारी हुनुहुन्थ्यो । आ(आफ्नो क्षेत्रमा रहेर समाज तथा देशको विकासको निम्ति योगदान पुर्‍याएको भन्दै अझ हौसला र प्रोत्साहन मिलोस् भन्दै उक्त सम्मान प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष राज लुईटेलले जनाए ।

मोडलहरूको उत्कृष्ट प्रस्तुति, वरिष्ठ गायक आनन्द कार्की, गायक सिताराम पोखरेल, गायक श्रीकृष्ण लुइँटेल, हास्य कलाकार महादेव त्रिपाठी लगायतको प्रस्तुतिले मौसममा आएको प्रतिकुलताको बाबजुद समेत दर्शक तथा श्रोताको साथ अत्यन्तै राम्रो रहेको थियो । निर्धारित ३ घण्टाको लागि सुरु गरिएको कार्यक्रम स्थानीय तथा पूर्वाञ्चलवासी दर्शकहरूको चाहना तथा रहरलाई मध्यनजर गर्दै थप दुई घण्टा लम्बिन पुगेको थियो ।

कार्यक्रम सपोर्टरको रूपमा रहेर कार्यक्रम को(अर्डिनेटर सुगम पोखरेल, व्युटिसियन सङ्गीता चौधरी, जानुका न्यौपाने, इसा श्रेष्ठ, अर्जुन थापा, कुमार खड्का, कविता थापा लगायतले दिनुभएको साथ र सहयोगले कार्यक्रम भव्य तवरले सम्पन्न गर्न सफल भएको कार्यक्रम संयोजक तथा आयोजक संस्थाकी प्रबन्ध निर्देशक ममथा बस्नेतले बताइन ।

यस किसिमको फेशन सो ले पूर्वाञ्चलमा रहेर मोडलिङ क्षेत्रमा सक्रिय मोडलहरूको लागी महत्त्वपूर्ण अवसर प्रदान गरेको साथै यस सो मा सहभागी मध्यको उत्कृष्ट केही मोडलहरूलाई फेब्रुअरीमा थाईलैण्डको बैंककमा हुन लागेको अन्तर्राष्ट्रिय फेशन सोमा सहभागी गराइने आयोजक ममथा बस्नेतले बताइन ।

पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन सो लाई नेपालभर रुचाइएको बुलेट चाउचाउले मुख्य प्रायोजन गरेको थियो भने गोल्ड स्पोन्सरमा नेपाल आइस बियर, सिल्भर स्पोन्सरमा गीता एभिएसन, ब्रोन्ज स्पोन्सरमा द ब्यानर सेलेक्ट ब्लुफिनले सहकार्य गरेका थिए । अन्य प्रायोजकहरूमा राती ज्वेलर्श,लालीमा, एन्जल क्याफे, पायनीयर इलेक्ट्रिक, क्यानभास बाइन,शुभकामना जल, सारङ्गी द फुड कोर्ट,अरविट होस्टेल, होटेल एशियाटिक,सिटी कलेज, विराटनगर जस्ता लोकप्रिय ब्राण्डहरुले विभिन्न शीर्षकमा रहेर फेशन सो सँग सहकार्य गरेका थिए ।

फेसन सो र विभिन्न सांस्कृतिक प्रस्तुतिहरूसँगै उल्लेख्य सङ्ख्यामा उपस्थित विराटनगर तथा पूर्वाञ्चलवासीको भव्य र उत्साहजनक सहभागितामा भरिएको कार्यक्रम सुरुदेखि अत्यसम्म रङ्गिन बनेको थियो । 

प्रतिक्रिया