अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

चीनमा फिल्म रिलिज गर्न चलचित्र निर्माता संघको पहल, काठमाण्डौमा फिल्मको पोष्ट टास्न नपाइने

बिआरटीनेपाल २०७५ पुष १३ गते ९:०८ मा प्रकाशित

नेपाल चलचित्र निर्माता संघले छिमेकी मुलुक चीनमा नेपाली फिल्म प्रदर्शन गर्न पहल गर्ने भएको छ । आज काठमाण्डौमा निर्माता तथा पत्रकारहरुसँग भेटघाटमा आफ्नो कार्यविधी प्रस्तुत गर्दै संघले यस्तो बताएको हो । आयोजित कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आफ्नो चीनको भ्रमणको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले २५ देशका निर्माताहरुको छाता संगठन आवद्ध भएको ‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’मा चलचित्र निर्माता संघ पनि प्रवेश गरेको जानकारी दिनुभयो । चीनमा आयोजित सम्मेलनमा नयाँ कार्यसमिती गठन भएको भन्दै त्यसमा आफू पनि सदस्य रहेको अधिकारीको भनाई थियो ।

चीनमा नेपाली चलचित्र प्रदर्शन गर्ने बिषयमा कुराकानी भएको उल्लेख गर्दै अधिकारीले बर्षमा २ वटा भएपनि नेपाली चलचित्रलाई चीनको बजारमा रिलिज गर्न दिनका लागि प्रस्ताव राखेको बताउनुभयो ।आकाशले चीनको बजारमा नेपाली चलचित्रको प्रवेश भएको खण्डमा यसले निर्माताहरुलाई ठूलो राहत हुने उहाको भनाई छ ।

यसैवीच, चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रममा काठमाण्डौमा अब पोष्टर टाँस्न नपाइने जानकारी समेत गराएको छ । चलचित्रका बरिष्ठ उपाध्यक्ष केशव भट्टराइका अनुसार महानगरपालिकाले आफुहरुलाई बोलाएर यो बिषयमा जानकारी दिएको र अब, काठमाण्डौ महानगरपालिका भित्र पोष्टर टाँस्न नपाईने जानकारी दिनुभयो । नयाँ विकल्पको बिषयमा छलफल भईरहेको उहाको भनाई थियो । साथै, निर्माता संघले चलचित्र क्षेत्रलाई उद्योग बनाउन भएको पहल, सेन्सर बोर्डको शैली परिवर्तनका लागि गसिमेत पहल भैरहेको जनाएको छ ।

प्रतिक्रिया