अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

मिस पूर्वाञ्चलको नवौँ संस्करण सुरु

बिआरटीनेपाल २०७५ पुष २ गते ६:५७ मा प्रकाशित

धरान, पूर्वको पुरानो तथा सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित नेपालआईस मिस पूर्वाञ्चलको नवौँ संस्करण सुरु भएको छ । अनलाइन तथा एसएम एसबाट लियिएको फर्मबाट छानिएर धरानमा लिएको अडिसनबाट नेपाल आइस मिस पूर्वाञ्चल २०१८ को लागि १४ जना युवतीहरू छनोट गरिएको छ ।

छानिएका १४ जना प्रतियोगीलाई हाल अनुभवी प्रशिक्षकद्वय राजबिमल श्रेष्ठ र रबिन्द्र थापाले लिडरशिप, मोटीभेशन सम्बन्धी प्रशिक्षण दिइरहनु भएको छ भने कोरियोग्राफर तथा प्रशिक्षक प्रियारानी लामाले व्यक्तित्व विकास, फेशन, र्‍याम्प वर्क दिएर फाइनलमा सहभागी गराइने आयोजकले जनाएको छ ।

मिस पुर्वान्चलको नवौँ संस्करण आउँदो पौष १४ गते शनिवार धरान स्थित होटेल इजी राइड्रसको मैदानमा हुने भएको छ । प्रतियोगीहरूलाई व्यक्तित्व विकास, फेशन, र्‍याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइने छ । गत वर्ष झैँ यो बर्षपनि बिना अडिसन मिस उर्लाबारी र मिस इटहरीलाई प्रतिस्प्रधाकालागि सोझै प्रवेश गराइएको छ ।

मिस इटहरी २०१७ तपस्या रनपेइली, मिस उर्लाबारी २०१७ रुसाली के.सी., हिलेको प्रजिता तामाङ सँगै उर्लाबारीको सबिना पोदार, तरहराको तुलाशा पोख्रेल, भद्रपुरबाट पूजा श्रेष्ठ, सङ्खुवासभाबाट सोनेता दाहाल, धरानबाट आकृति आचार्य, एजिना राई, अनिला क्षेत्री, सुचित्रा कार्की, बिराटनगरबाट मोनिका रेग्मी, धनकुटाबाट स्वस्तिका बिसुंखे, बिर्तामोडबाट सलिना राजवंशी यो वर्षको मिस पुर्वान्चल २०१८ मा सहभागी छन् ।

कम्तीमा १२ कक्षा पढ्दै गरेका युवतीहरू सहभागी गराइने नेपाल आइस नेचुरा ‘मिस पूर्वाञ्चल’ को नवौँ संस्करणको लागि अनलाइन तथा एसएम एसबाट सय जना भन्दा बढी को आवेदन आएको आयोजकले जनाएको छ ।

सहभागीहरूलाई रक्तदान, ट्राफिक सचेतना, पर्यटन, सामाजिक सचेतना सद्भाव जगाउने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइनेछ । अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१८ को उपाधिसँगै यामाहाको स्कुटी र हंगकंग भ्रमणको अवसर दिइने आयोजकले जनाएको छ ।

त्यस्तै फस्ट र सेकेन्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टी मिडिया, मिस इन्टलेक्चुअल, फेस अफ डिभाइन, भ्युअर्स च्वाइस लगायतका विभिन्न ८ वटा विद्मामा समेत प्रतियोगीहरू १५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा तथा बराह ज्वेलरी इन्ड्रस्ट्रिज़ प्रालिको प्रस्तुति तथा नेपाल आइस बियरको मुख्य प्रयोजन र एनआइसी एसिया बेंक, डीभाइन वाइन, पुर्वान्चल लुब्रिकेन्ट्स, एम ए डब्लु इन्टरप्राइजेज, सुबिसु केवल, बुद्ध एयर, यु एन नवोदय कलेज, वरुण बेभरेज, क्विक्स र वाईवाईको प्रायोजन मिस पूर्वाञ्चल २०१८ मा रहेको छ । मिस पूर्वाञ्चलको उपाधि अहिलेसम्म २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ र २०१२ मा अस्मिता गुरुङ, २०१३ मा नेहा बजाज, २०१४ मा नेमिता आङबुहाङ, २०१५ मा प्रियङका श्रेष्ठ, २०१६ मा कृतिका गिरी र २०१७ मा रुबी लिम्बुले जितेका थिए ।

प्रतिक्रिया