अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

कोलोराडोमा इमिग्रेसन कानुन सम्बन्धी फोरम हुने

बिआरटीनेपाल २०७५ पुष १ गते १४:३९ मा प्रकाशित

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा कोलोराडोमा इमिग्रेसन(अध्यागमन) सम्बन्धी कार्यक्रम हुने भएको छ । नयाँ वर्ष २०१९ को जनवरी ६ तारिख आइतबार दिनको २ बजे देखी ४ बजे सम्म याक एन्ड यती रेस्टुरेन्ट, वेस्टमिनस्टरमा हुने उक्त कार्यक्रममा न्यूयोर्कका कानुन व्यवसायी वासु फुलारा मुख्य वक्ता हुने छन् । उक्त छलफलमा अमेरिकाको नयाँ कानुन, टिपिएस्, ग्रीनकार्ड, बिजनेसको माध्यमबाट प्राप्त गर्न सकिने ग्रीनकार्ड, पारिवारिक भिसा, आप्रवासी भिसा, असाइलम, एफ–१, एक्स्ट्रा अर्डिनरी, अदालतमा विचाराधीन मुद्दा विषयमा छलफल गरिने छ ।

कार्यक्रममा प्रश्न उत्तरको कार्यक्रम समेत राखिएको छ । एटर्नी फुलारासंग व्यक्तिगत रूपमा भेट गर्नु परेकोमा रक्की माउन्टेनका महासचिव टिका पौडेलसँग सम्पर्क गर्न सक्नुहुनेछ । 

प्रतिक्रिया