अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

किन कोरिया जाँदैछन् नेपाल आइडलका चार प्रतिष्पर्धी ?

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:५१ मा प्रकाशित

दक्षिण कोरियाको महत्वपूर्ण चाड सलनालको मुख्यदिन अर्थात फेब्रुअरी ५ का दिन नेपाल आइडलका शीर्ष ४ प्रतिस्पर्धीले राजधानी सउलमा आफ्नो प्रस्तूति दिने भएका छन् । नेपाल आइडल सिजन टु का चार प्रतिस्पर्धी बिक्रम बराल, सुमित पाठक, रवी ‌ओड र अस्मिता अधिकारीसहितका कलाकारको कोरिया टूर तय भएको हो ।

कोरियामा रहेर नेपाल र नेपालीको हितमा सक्रिय नुवाकोट समाजले कोरियामा रहेका प्रदेश नम्बर ३ का जिल्लाबासी एवं अन्य संघ संस्थासँगको सहकार्यमा आइडल टोलीको टूरका लागि एपी वान एचडी टेलिभिजनसँग सम्झौता गरेको हो ।

कार्यक्रम नितान्त सामजिक सेवाका लागि गर्न लागिएको र संस्थाका अध्यक्ष सन्तोषकुमार राईले जानकारी दिए । कार्यक्रमबाट उठेको पैसा नुवाकोट जिल्लाका दुर्गम क्षेत्रमा बसोबास गर्ने बालबालिकाको शिक्षाका लागि खर्च गरिने आयोजक समितिका सचिब सुन्दरप्रसाद अधिकारीले बताए ।

कोरियामा नेपाल आइडलको निक्कै क्रेज छ । यो सिजनका टप चार प्रतिस्पर्धीको प्रस्तुतिको समाचारले कोरियाबासी नेपाली उत्साहित भएको आयोजकले बताएका छन् । कार्यक्रमको विस्तृत विवरण पछि दिइने आयोजकले बताएको छ ।

प्रतिक्रिया