अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

नेपाली चलचित्र सुश्री सम्पत्ति’ को पोस्टर सार्वजनिक

बिआरटीनेपाल २०७५ मंसिर ३ गते १३:४६ मा प्रकाशित

मङ्सिर २८ मा रिलिज हुने फिल्म ‘सुश्री सम्पत्ति’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तिन पात्र सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने फिचर छन् । यी तिनकै वरपर फिल्मको कथा घुम्ने भएकोले पोस्टर पनि यिनमै फोकस छ । पोस्ट प्रोडक्सनमा रहेको फिल्मको ट्रेलर साता भित्र नै रिलिज हुने निर्माण पक्षले जनाएका छन् ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन, सारा र विनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यु निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्युकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

सुव्रत आचार्य: फिल्म यसै महिनाको अन्त्यमा रिलिज हुँदैछ । यसैले गर्दा यसको तयारीमा जुटिरहेका छौ । सार्वजनिक फिल्मको पोस्टर नै हमला पनि टाँसिने छ । यसलाई हामीले सलोन, सारा र विनोद केन्द्रित गरेका छौ । अघिल्लो फिल्म “अधकट्टी” देखि यहाँसम्म आइपुग्दा आफूलाई झनै परिपक्व महसुस गरिरहेको छु । फिल्मले दर्शकको मन जित्नेमा विश्वस्त छौ । फिल्म रोमान्टिक कमेडी बनेको छ ।

प्रतिक्रिया