अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

कोलोराडोमा छक्का पन्जा ३ को अत्यधिक माग अनुसार हलको क्यापासिटी बढाइएको

बिआरटीनेपाल २०७५ मंसिर १ गते १५:३४ मा प्रकाशित

नेपाल, अमेरिका तथा अन्य देशमा सफलता पूर्वक चलिरहेको चलचित्र ‘छक्का पन्जा ३’  कोलोराडोको डेनभर सहरमा भोलि आइतबार नोभेम्बर १८ मा प्रदर्शन हुँदैछ। आयोजक टिमले दिएको जानकारी अनुसार कोलोराडोमा छक्का पन्जा ३ को अत्यधिक माग भएको हुनाले अब अली धेरै क्षमता भएको थिएटरमा चलचित्र प्रदर्शन हुने भएको छ । 

डेनभर स्थित युनाइटेड आर्टिस्ट थिएटरको अडिटोरियम ६ (2000 S Colorado Blvd, Denver, CO 80222) मा भोलि आइतबार अपरान्ह ५ बजे एक सो मात्र प्रदर्शन हुनेछ । अमेरिकाका अन्य विभिन्न सहरहरूमा समेत हाउस फुल भएको फिल्म छक्का पञ्जा ३ डेनभरमा समेत हाउस फुल हुने अपेक्षा गरिएको छ ।

फिल्म हेर्नका लागी २० डलर खर्चिनु पर्ने र हलमा कुनै सिट नम्बर नभएको हुनाले चलचित्र हेर्न समय भन्दा पहिलेनै हलमा आएर आफ्नो सिट सुरक्षित गर्नु हुन अनुरोध गरिएको छ । आयोजकसँग अझै केही टिकट बाँकी भएको हुनाले थिएटरको अडिटोरियम ६ को अगाडि पनि टिकट लिन सकिने छ । चलचित्र भवन अगाडिको ५ तले पार्किङ लटमा आफ्नो गाडी निःशुल्क पार्क गर्न सकिने छ । अडिटोरियम भित्र छिर्न ढोका ४:४५ बजे खोलिने भएको छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको छक्का पञ्जा ३ मा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियङ्का कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, संजोग कोइराला लगायतको अभिनय रहेको चलचित्र घटस्थापनाबाट प्रदर्शनमा आएको हो ।

प्रतिक्रिया