अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

गायक प्रमोद खरेलको पहिले माया सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७५ साउन २३ गते ११:१५ मा प्रकाशित

इटहरी, नेपाली सुगम सङ्गीतका चर्चित गायक तथा द भ्वाईस अफ नेपालका निर्णायक प्रमोद खरेलको आवाजमा रहेको एक निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कोसी पूर्वको इटहरी र मोरंगको वृन्दावन गौशालाको रमणीय स्थानहरूमा छायाङ्कन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ । ‘पहिले माया’ बोलको गीतलाई गीतकार सालिक ओली क्षेत्रीले लेखेका हुन् । गीतलाई रमेश श्रेष्ठले सङ्गीत गरेका हुन् भने सन्दीप कार्कीले एरेन्ज गरेका छन् ।

उक्त गीतको भिडियोमा रोहित घिमिरे, पूजा दाहाल र विनोद घिमिरेले अभिनय गरेका छन् । रोहितको अभिनयमा यो दोस्रो म्युजिक भिडियो हो भने विनोद र पूजा यसै भिडियो मार्फत भिडियो मोडलिङ्गमा प्रवेश गरेका छन् । गीतकार समेत रहेका रोहितले यसअघि प्रमोद खरेलको आवाजमा आफ्नै शब्द राखेर ‘सँगै जिउने मर्ने कसम’ बोलको गीतको भिडियोमा समेत आफैले अभिनय गरेका थिए । हेर्नुस् भिडियो

भिडियोलाई परिकला मिडिया प्रालिको प्रस्तुतिमा सुवास सङ्कल्पले निर्देशन गरेका हुन । सङ्कल्प मोफसल सुनसरीको इटहरीमा विगत लामो समयदेखि रङ्ग मिडियाकर्मिका रूपमा कला र मनोरन्जन विधामा रहेर काम गरिरहेका छन् । सार्वजनिक भिडियोको कन्सेप्ट उनैले तयार गरेका हुन् । भिडियोमा मार्दिन मेकअप स्टुडियो इटहरीकी उर्वी श्रेष्ठले मेकअप गरेकी छिन भने सुमन तामांगले क्यामेरा तथा ड्रोन चलाएका छन् । भिडियोलाई पवन सुस्लिङ्गले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया