अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) सोसाइटीको एघारौँ वार्षिक सम्मेलन कोलोराडोमा सम्पन्न

बिआरटीनेपाल २०७५ साउन ७ गते १०:०५ मा प्रकाशित

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) ले कोलोराडोमा कृयाशील इन्जिनियरहरू तथा सूचना प्रविधि सम्बन्धी पेशाकर्मीहरुको संयुक्त तत्वावधानमा सोसाइटीको एघारौँ वार्षिक सम्मेलन सम्पन्न भएको छ । 

स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुख्य वक्ताहरू ब्यारी बिअलेक (संस्थापक, नेपाल कम्युनिटी विकास) इमिली ओलिन (USGS) र म्याथु फ्रान्सिस (AECOM) ले क्रमशः: नेपालमा गरेका प्रोजेक्ट्स, भूकम्प सम्बन्धी डाटा सङ्कलन केन्द्र, भूकम्प निरोधि सहरी विकासको बारेमा आफ्नो शोध प्रस्तुत गर्नु भयो । साथै, अन्य इन्जिनियर तथा सूचना प्रविधि शोधकर्ता हरूले विभिन्न रिसर्च कार्य प्रस्तुत गर्नु भयो । 

सोसाइटीले विगत एघार वर्ष देखि वार्षिक सम्मेलन गर्दै आएको भए पनि पहिलो पटक Hackathon आयोजना गरेकाले यस वर्ष को कार्यक्रम विशेष भएको थियो ।

बेलुकीको साङ्गीतिक कार्यक्रममा लोक गायक पुरुषोत्तम न्यौपानेको साथमा स्थानीय कलाकारहरू दीपक गौतम र निशा शर्माले गीत गाउनु भयो, भने सोफी श्रेष्ठले निर्त्य प्रस्तुत गर्नु भयो । ठाकुर ढकाल र अञ्जली ढकालको नवरस युक्त नाच तथा अन्य साङ्गीतिक प्रस्तुतिले सबै सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो । 

प्रतिक्रिया