अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

नेपाली चलचित्र भैरेको ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७५ असार ५ गते २३:३८ मा प्रकाशित

नेपाली चलचित्र भैरेको सोमबार आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ। उक्त चलचित्र साउन ४ गते रिलिज हुँदैछ । 

गीत–सङ्गीत, नृत्य, द्वन्द्व, प्रेम रोमान्स र हाँसोको समिश्रणका साथ तयार पारिएको ट्रेलरमा फिल्मका प्रायः कलाकारलाई देखाइएको छ । एभरेस्ट सूर्य बोहराद्वारा लिखित तथा निर्देशित फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी र बुद्धि तामाङ, सुनिल थापा, जयनन्द लामा, सविता गुरुङ, जाह्नवी बोहरा, अनुभव रेग्मी, अर्जुन गुरुङ, लेखबहादुर पुन, समेश श्रेष्ठ, सयाहाङ राई, कञ्चन ठकुरी, शूरवीर पण्डित लगायतले अभिनय गरेका छन् ।

नेपालय सिनेमा इन्टरनेसनलको ब्यानरमा देवीमाया फिल्म्स् र सिनेमान्डु इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा पटकथा र संवाद निर्देशक बोहराका साथमा दिनेश न्यौपाने र अभिमन्यु निरवी, सङ्गीत वसन्त सापकोटा, अर्जुन पोखरेल र एम बराल, छायाङ्कन पुरुषोत्तम प्रधान र सम्पादन बनीष शाह, नृत्य निर्देशन वसन्त श्रेष्ठ, कविराज गहतराज र रामजी लामिछाने, द्वन्द्व सूर्य थोकरको रहेको छ ।

प्रतिक्रिया