अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

छोरीसँगको फोटोको कारण आमिर खानलाई दर्शकको गाली

बिआरटीनेपाल २०७५ जेठ १९ गते २०:१९ मा प्रकाशित

मुम्बई ।यतिबेला बलिउडका ‘मिस्टर पर्फेक्टनिष्ट’ आमिर खान विवादमा तानिएका छन्।मिडिया र विवादमा आउन नरुचाउने आमिर विवादमा तानिनुको कारण उनले आफ्नी छोरी इराको साथ मस्ती मुडमा खिचाएको फोटो भएको छ ।

आमिरले छोरी सँग चौरमा रमाईलो गरेको फोटो आफ्नो  फेसबुक अकाउन्टमा सेयर गरेका थिए उक्त तस्बिरमा आमिरकी छोरी इरा छोटो पहिरनमा आफ्नो पिताको शरीरमाथि बसेकी छिन् । दुवै जना बाबु छोरी रमाइलो गरेको भएपनि समाजिक सञ्जालमा धेरै दर्शक फ्यानहरुले यो तस्वीर नजिकिंदो चाड रमजानलाई असर पुग्ने खालको असभ्य र लाजमर्दो भएको प्रतिक्रिया दिएका छन् ।

धेरै आलोचकहरुले आफुहरुले आमिरको इज्जत गर्दै आएकोमा उनीबाट यस्तो अपेक्षा नगरेको बताएका छन् ।उनीहरुले आमिरलाई बुढेसकालमा छोरीसँग खिचाईएको तस्वीरले रमजान चलिरहेका बेला आफू मुस्लिम हुँ भन्ने बिर्सीएको टिप्पणी गरेका छन् ।

तमाम आलोचना आईरहँदा फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को प्रमोशनमा व्यस्त आमिरले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया