अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

सञ्जु’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

बिआरटीनेपाल २०७५ जेठ १६ गते ११:४६ मा प्रकाशित

मुम्बई । लामो समयके प्रतिक्षापछि बलिउड अभिनेता संजय दत्तको जीवनीमा बनेको फिल्म ‘सञ्जु’ को ट्रेलर सार्वजनिक भएको छ । ‘संजू’मा नायक रणवीर कपुरले संजय दत्तको भूमिका निभाएका छन् ।

दर्शकहरुहरुले उनलाई संजय दत्तको भूमिकामा निकै मन पराएका छन् । फिल्मको टिजर केहि समय अगाडि रिलिज गरिएको थियो । टिजरलाई दर्शकहरुले निकै मन पराएका थिए भने आज रिलिज भएको फिल्मको ट्रेलरलाई पनि दर्शकहरुले निकै मन पराइरहेका छन् ।

फिल्ममा रणवीर कपुर बाहेक मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर, दीया मिर्जा, बोमन ईरानी, परेश रावल, विक्की कौशल, जिम सौरभलगायतका कलाकारहरुले अभिनय गरेका छन् । २९ जूनमा रिलिज हुने ‘संजू’ मा संजय दत्तको ड्रग्सको विषयदेखि लिएर उनको जेल जीवनलाई देखाइएको छ ।

प्रतिक्रिया