अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

वर्षा, प्रसान्त र अनुप अभिनित नेपाली चलचित्र जय शम्भुको पोस्टर सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ ८ गते १०:१० मा प्रकाशित

नेपाली चलचित्र जय शम्भुको पोस्टर सार्वजनिक भएको छ । उक्त चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको छ । तीनै जनाको मुख्य भूमिका रहेको चलचित्रको दुई पोष्टर सार्वजनिक गरिएको हो ।

उक्त पोष्टरमा एक्शन र रोमान्स देखाइएको छ । पोस्टरबाट चलचित्र एक्सन लभ स्टोरीमा आधारित छ भन्ने अनुमान लगाउन सकिन्छ । आगामी भाद्र १ देखि नेपाल भरी प्रदर्शनमा आउन लागेको चलचित्र जय शम्भुलाई कथामान्डौंमा बिके फिल्म्सका गोपाल काजी कायस्थ र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।

चलचित्रको प्रस्तुतकर्ता दिनेश शाही छन् भने कार्यकारी निर्माता चक्र पाख्रिन हुन् । साथै अरविन्द्रमान शाक्य निर्माता रहेका छन् । यस्तै सह निर्माताहरूमा कुशल शर्माा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका छन् भने हरि घले लामाको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द, टङ्क बुढाथोकीको सङ्गीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

चलचित्र निर्माण टिमले नेपालसँगै अस्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङ लगायतका देशहरूमा फिल्मको विशेष सो गरिने जानकारी गराएको छ । चलचित्रमा वसन्त भट्ट, राज कुमार थापा, रोशन महर्जन, करुणा पाण्डे, रश्मि भट्ट, कालु राना लगायतको मुख्य भूमिका रहेको छ । 

प्रतिक्रिया