अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

सारिकालाई कन्फ्यूजन हटाउन ध्रुवको आग्रह (भिडियोसहित)

गीता अधिकारी, काठमाडौँ २०७५ जेठ ४ गते ९:४१ मा प्रकाशित

नायिकाबाट गायिकाको परिचयमा पनि आफूलाई स्थापित गर्न लागेकी सारिका घिमिरेको स्वरमा रहेको अर्को गीत ‘कन्फ्यूजन’ सार्वजनिक भएको छ । गायक ध्रव विश्कोले नायिका÷गायिकालाई कन्फ्यूजन’ त्यो दिलको डिलेट गर्न भन्दै छन् गीतमा ।

अभिनास थापाको शब्द, ध्रुव र सारिकाको स्वर रहेको गीतमा भीम बिसीको कम्पोज रहेको छ । गीतको भिडियोमा चपुर हिरोज क्रियुको र केवीका खत्रीका साथै सारिका र ध्रुवलाई फिचरिङ गरिएको छ । चपुर हिरोज क्रियु र केवीको अभिनयले गीतको भिडियो राम्रो बनेको छ । राज खत्रीको निर्देशन रहेको गीतको भिडियोलाई जनकराज अधिकारीको छायाङ्कन गरेका हुन् ।