अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 22:08

किशोर राना सहयोगार्थ सुमधुर साँझद्वारा सङ्कलित रकम गायिका संगीता प्रधानलाई हस्तान्तरण

गीता अधिकारी, काठमाडौँ २०७५ साउन १४ गते १०:३० मा प्रकाशित

किशोर राना सहयोगार्थ सुमधुर साँझद्वारा सङ्कलित रकम संगीता प्रधानलाई हस्तान्तरण गरिएको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरी गत असार १८ गते काठमाडौँको आर्मी अफिसर क्लबमा भएको वरिष्ठ नेपाली चलचित्र निर्देशक किशोर राना सहयोगार्थ सुमधुर साँझद्वारा सङ्कलित रकम आज वरिष्ठ गायिका संगीता प्रधानलाई हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा सुमधुर साँझद्वारा सङ्कलित रकम ४ लाख ५ हजार ५ सय ५१ रुपैयाँ गायिका संगीता प्रधानलाई हस्तान्तरण गरेको थियो । वरिष्ठ गायिका संगीता प्रधान निर्देशक किशोर रानाको श्रीमती हुन् ।

चलचित्र परिवर्तनको छायाङ्कनको क्रममा रानाको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणको क्रममा दुवै मृगौलामा खराबी देखिए पछि निर्देशक रानाको मृगौला प्रत्यारोपणको लागि रकम जुटाउन गायिका सुनिता प्रधान, सीमा शाह, गायक सपना श्रेष्ठ, विश्व नेपाली, उदेश श्रेष्ठ र सञ्चारकर्मी मन्दिरलगायतको पहलमा निर्देशक किशोर राना सहयोगार्थ सुमधुर साँझ सम्पन्न भएको थियो ।

उक्त सुमधुर साँझमा दीप श्रेष्ठ, संगीता राना प्रधान, कुन्ती मोक्तान, बिमला राई, मिथिला शर्मा, एड्रियन प्रधान, विश्व नेपाली, सुनिता प्रधान, उदेश श्रेष्ठ, बानिका प्रधान, सबिना कार्की, सपना श्रेष्ठ, अर्पना श्रेष्ठ, सीमा शाहलगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

चलचित्र कान्छी, सीमारेखा, घुम्टो, राँको, एक नम्बरको पाखे, बन्धकी, करोडपतिलगायत १८ भन्दा बढी नेपाली चलचित्र निर्देशन गरेका किशोर राना बलिउडमा समेत काम गरेका व्यक्ति हुन् ।

सम्बन्धित सामग्रीहरू