अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

बराहद्वारा रक्तदान कार्यक्रम

गीता अधिकारी, काठमाडौँ २०७५ भदौ ३ गते १२:१५ मा प्रकाशित

बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.ले आफ्नो २४औं वार्षिक उत्सवको अवसर पारेर भाद्र २ गते शनिवारका दिन जमलको कमलाछी चौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बराहले हरेक वर्ष भाद्र ५ गते आफ्नो वार्षिक उत्सव धरान शाखामा बृहत् रूपमा मनाउँदै आइरहेको छ । सोही वार्षिक उत्सवको अवसर पारेर बराहको केन्द्रीय कार्यालयले हरेक वर्ष काठमाण्डौमा पनि बृहत् रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । बराहले हरेक वर्ष वार्षिक उत्सवको अवसर पारेर विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको । 

विभिन्न व्यक्तित्वको उपस्थिति रहेको उक्त कार्यक्रममा ७९ जान व्यक्तिले रक्तदान गर्नु भएको थियो । जसमा चलचित्र पत्रकार सङ्घ उपाध्यक्ष गीता अधिकारी र नायक गौरव पहाडीलगायत अन्य व्यक्तित्वहरूले समेत रक्तदान गर्नुभएको थियो ।