अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

पारुको शब्द, एञ्जिलाको स्वरमा मैले त मन्त्र पढे तिम्रै नामको (भिडियोसहित)

गीता अधिकारी, काठमाडौँ २०७५ साउन १२ गते ७:०६ मा प्रकाशित

नेपाली महिलाहरूको महान् पर्व तिजलाई लक्षित गरी यस सम्बन्धी गीतहरू बजारमा आइरहेका छन् । यसै मेसोमा हरि सुवेदीको तीज गीत ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ सार्वजनिक भएको छ । एञ्जिला रेग्मीको स्वर, पारु सुवेदीको शब्द, भीम बिसीको सङ्गीत रहेको ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोलाई हरि सुवेदीले निर्माण गरेका हुन् ।

घनश्याम खतिवडाको निर्देशनमा तयार भएको गीतको भिडियोमा नायिका सारिका घिमिरे कम्मर मर्काएकी छन् भने उनलाई निक्लोस् अर्यालले साथ दिएका छन् । पछिल्लो समयमा अभिनय सँग सँगै आफूलाई गायन क्षेत्रमा होमेकी सारिका घिमिरे अभिनीत भिडियो उत्कृष्ट बनेको छ । ‘मैले निर्माण गरेको तीज गीतको यो पहिलो भिडियो हो, यस तीज गीतले तीजको मौलिकतालाई आत्मसाथ गरेको छ, हाम्रो प्रयासले पक्कै पनि स्रोता/दर्शकको साथ पाउने छ’, हरिले भने ।