अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

गायक सन्जिब बस्नेतको “बुट्टे चोली”मा सञ्जय बिपना र सुष्माले रोमान्स गर्दै(भिडियो सहित)

बिआरटीनेपाल २०७५ वैशाख २१ गते ९:३२ मा प्रकाशित

काठमाडौँ, नव गायक तथा मिठो स्वरका धनी गायक सन्जिब बस्नेतको नयाँ गीत “ठोक्किएछ यो मेरो मन बुट्टे चोलीमा,जादु रैछ, जादु रैछ ज्यानै लुट्ने तिम्रो बोलीमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ l छोटो समयमा धेरै चर्चा बटुल्दै गरेका तथा विभिन्न मेला महोत्सवमा व्यस्त बन्दै गएका नव गायक सन्जिब बस्नेतको सेलो बिटमा रहेको गीत “बुट्टे चोलीमा” लाखौँ सङ्गीत प्रेमीहरूको जिब्रोमा झुन्डिन सफल भएको छ l

विनोद बन्जाराको शब्द तथा रमेश श्रेष्ठको सङ्गीत रहेको यस गीतको म्युजिक भिडियोलाई सञ्चारकर्मी सूर्य चन्दले निर्देशन गरेका छन् l कोरियोग्राफर राजन शाहीले कोरियोग्राफी गरेको यस म्युजिक भिडियोलाई सोहन मानन्धरले छायाङ्कन तथा सम्पादन गरेका हुन ।  

दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल सञ्जय राज विक्रम, बिपना श्रेष्ठ, सुष्मा कार्की, गायक सन्जिब बस्नेत तथा सूर्य चन्दको बेजोड अभिनय रहेको यस म्युजिक भिडियोलाई बुढासुब्बा म्युजिकले युट्युब मार्फत बजारमा लिएर आएको हो ।

भिडियो हेर्नुहोस्:

https://www.youtube.com/watch?v=mUDn6g-UoF0

प्रतिक्रिया