अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

राष्ट्रपति भण्डारीसँग कलाकर्मीहरुको भेट

बिआरटीनेपाल २०७५ वैशाख १६ गते १४:५० मा प्रकाशित

कलाकारको एक टोलीले राष्ट्रपति विद्या देवी भण्डारीलाई भेटेर दोस्रो कार्यकालको सफलताका लागि बधाई तथा शुभकामना दिएको छ । राष्ट्रपति भण्डारीसँगको भेटमा कला क्षेत्रको वर्तमान अवस्था र समस्या बारे जानकारी गराएको निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले बिआरटी नेपाललाई जानकारी दिएका छन् । छिमेकी राष्ट्र भारत र बर्मामा नेपाली चलचित्रको बजार खोज्नमा चलचित्र कर्मीलाई सहयोग गर्नु पर्ने,  नेपालमा स्वदेशी चलचित्रले ६५% बजार धनीसक्दा पनि विदेशी चलचित्रको अनियन्त्रित प्रदर्शनी,  भारतमा नेपाली चलचित्रको सेन्सरमा कठिनाइ र त्यसको सहजिकरण, चलचित्र नीति २०७१” लाई यथसिघ्र लगाउन पर्ने, विशेष गरी नेपाली राजदूतावासहरू भएका देशमा त्यहाँ रहेको कल्चर सेक्सनबाट नेपाली फिल्म फेस्टिभल आयोजना होस् भन्ने माग राखेका छौँ उक्त हाम्रो मागको राष्ट्रपतिबाट साकारात्मक प्रतिक्रिया आएको छ, अधिकारीले भने । 

राष्ट्रपतिसँगको भेटमा कलाकार कल्याणकारी कोषमा रकम बढाउने, राष्ट्रिय चलचित्र नीति कार्यान्वयनका लागि चाडै समिति गठन गर्ने, लगायतको विषयमा समेत छलफल भएको कलाकार रबिन्द्र खड्काले जानकारी दिए । 

कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, नायिका/निर्माता झरना थापा, निर्माता केशव भट्टराई, कलाकार टिका पहाडी, निर्देशक/कलाकार रबिन्द्र खड्का, निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, नायिका निरुता सिंह, कलाकार बसुन्धरा भुसाल, निर्माता/नायक रमेश किरण उप्रेती, निर्देशक समाजकी अध्यक्ष सुचित्र श्रेष्ठ लगायतका कलाकारको टोलीले राष्ट्रपति भण्डारीलाई भेटेको हो । 

प्रतिक्रिया