अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

चिनीयाँ महिला निष्काशित

अन्नपूर्ण पोष्ट २०७५ वैशाख १३ गते २०:४३ मा प्रकाशित

काठमाडौँ – चीनमा ठुलो आर्थिक अनियमितता गरेको आरोपमा काठमाडौँमा पक्राउ परेकी चिनियाँ महिलालाई अध्यागमन विभागले निष्कासन गर्ने निर्णय गरेको छ । नेपालस्थित चिनियाँ दूतावासको विशेष आग्रहमा प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेकी चिनियाँ महिला झाङ गायुनलाई अध्यागमन विभागमा बुझाएको थियो । विभागले ती महिलालाई भिसा नियमित गरी चीन पठाउने निर्णय गरेको हो । गायुन अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सर्वाधिक खोजी सूचीमा थिइने । चीनबाट वित्तीय अपराध गरी नेपाल भागेकाले नेपालस्थित चिनयाँ दूतावासले उनको राहदानी रद्द गरेको थियो ।

सम्बन्धित सामग्रीहरू