अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

अन्नपूर्ण पोष्ट २०७५ वैशाख ११ गते १९:३१ मा प्रकाशित

ढाका, बङ्गलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि दुई यात्रु बस सोमबार छुटेका छन् । दुई देशलाई सडक यातायातबाट जोड्ने योजना अनुरूप सोमबार परीक्षणका लागि दुई यात्रु बस काठमाडौँका लागि छुटेका हुन् ।

बङ्गलादेश-भुटान-भारत-नेपालबिच सिधा यातायात सञ्चालन गर्ने जुन १५, २०१५ को (बीबीआईएन) सम्झौता अनुसार ढाकाबाट काठमाडौँका लागि यात्रु बस सुरु भएको हो । यी दुई बसमा बङ्गलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिदउद्दिनको नेतृत्वमा तीन देशका ८० जना प्रतिनिधि काठमाडौँका लागि हिँडेका द डेली स्टारले जनाएको छ । ढाकाबाट छुटेका श्यामोली परिवहनका दुवै बस बिहीबार काठमाडौँ आइपुग्ने बताइएको छ । चारै देशले निकट भविष्यमा व्यापारिक प्रयोजनका लागि यात्रु बस चलाउने तयारी गरेका छन् ।

सडक विभाग बङ्गलादेशका सचिव नजरुल इस्लामका अनुसार ढाकाबाट यी बसलाई भारतीय उच्च आयोगका प्रथम सचिव गौरव गांगुली र नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओलीले झन्डा हल्लाएर बिदाइ गरेका थिए ।

ढाकाबाट हिँडेका यी बसहरू बंगबन्धु हुँदै भारत-बङ्गलादेश सीमा फुलबारी छिचोलेर भारतको सिलिगुडीबाट काँकडभिट्टा नाकाबाट नेपाल आउनेछन् ।  दुई बस काठमाडौँका लागि छुटेका हुन् । ढाका–काठमाडौँ सडक दुरी झन्डै एक हजार एक सय किलोमिटर रहेको छ । 

सम्बन्धित सामग्रीहरू